ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको अदानचुली र मुगुको सोरुमा ‘फोरजी’ सेवा पुगेपछि सहज


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   १२ : ३२   बजे

काठमाडौं १० फागुन । हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा मोबाइल डाटा सेवा ‘फोरजी’ सञ्चालनमा आएपछि सहज भएको छ । सूचना आदान प्रदानसँगै दैनिक काममा भोग्दै आएको अप्ठारो हटेको सेवाग्राहीले बताएका छन् ।

२०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाण्डौ र पोखराबाट फोरजी सेवाको शुरूआत गरेको थियो । तर वषौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्ला, मुगुलगायतका जिल्लाका बासिन्दाले समस्या भोग्दै आएका थिए ।

अदानचुली गाउँपालिका–१ कल्खेका अम्मर रावलले मोबाइलमा कुरा गर्न कता अग्लो डाँडा छ भनेर खोज्दै हिड्नुपर्ने अवस्थाबाट अहिले घरमै बसेर आरामले कुरा गर्न सक्ने भएको बताउनुभयो ।

यसअघि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर इन्टरनेटसम्बन्धी काम गर्नुपरेकोमा अब घरघरको कुनामै बसेर भिडियोकल नै गर्न पाउदाँ खुशीको सीमा नै नरहेको अदानचुली गाउँपालिका–५ का सिंह बोहराले बताउनुभयो ।

दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा ‘फोरजी’ सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि पालिकाबाट गर्नुपर्ने दैनिक काममा समेत सहज भएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो । ‘फोरजी’ सेवा विस्तारले गाउँमा सेवासुविधा तथा मनोरन्जन र सूचना आदान प्रदानको काम सहज भएको छ ।

त्यस्तै अदानचुली च्याममा राखिएको टावर आजदेखि सञ्चालनको तयारी छ । दुई वर्षदेखिको निरन्तर प्रयासमा सेवा सञ्चालनमा ल्याउन सफल भएको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।

अबदेखि विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा शुरू गर्न सकिने अवस्था बनेको जनप्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu