ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महालेखाकाे प्रतिवेदनमाथि सदनमा छलफल गर्न माग


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ७ : ४०   बजे

काठमाडौं ११ फागुन । नेपाली कांग्रेसकी सांसद कुसुम थापाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन संसदमा छलफल नभएको विषयमा प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रतिवेदनपछि सम्बन्धित समितिले दिएको निर्देशन कार्यान्वयन नभएको विषयमा पनि प्रश्न गरिन्।

‘प्रतिवेदनले औँल्याएका कमीकमजोरीहरू सुधार भई बेरुजु घट्नेभन्दा पनि झन्‌झन् बढिरहेको तथ्याङ्कमा देखिन्छ। तीनै तहका सरकारी निकायको हालसम्मको कुल बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड छ। अघिल्लो आर्थिक वर्षमा मात्र २ खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख रुपैयाँबराबरको बेरुजु थपिएको छ,’ उनले भनिन्, ‘जुन महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएको विषय हो। हाम्रो वित्तीय अनुशासन र वित्तीय प्रभावकारितासँग जोडिएका यस्ता विषय संसदमा मूल विषय भएका छैनन्। महालेखापरीक्षकको ५५औँदेखि ६१औँ वार्षिक प्रतिवेदनहरू संसद्को छलफलमा आएकै छैनन्। सम्बन्धित समितिमा छलफल भई निर्देशन भए पनि त्यसको प्रभावकारिता किन देखिदैन

सार्वजनिक निकाय र सरकारको उत्तरदायित्व, जवाफदेहितासँग जोडिएका महालेखापरीक्षकको वार्षिक प्रतिवेदन संसदको छलफलमा आउनुपर्ने बताएकी उनले पछिल्ला प्रतिवेदनका बारेमा संसदमा शीघ्र छलफलमा ल्याउन सभामुखमार्फत ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu