ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पर्न सक्नेबारेमा सूक्ष्म अध्ययन गरिरहेका छौँ’- नेपाली सेना


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ८ : ०२   बजे

काठमाडौं १२ फागुन । नेपाली सेनाले अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पर्न सक्नेबारेमा सूक्ष्म अध्ययन गरिरहेको बताएको छ ।

सेना दिवसको पूर्वसन्ध्यामा जङ्गीअड्डामा आज आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारीले बदलिँदो परिस्थितिबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको हो । विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उहाँले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भएकाले अध्ययन गरिरहेको सेनाले जनाएको छ ।

सेनाले बितेको ७ महिनामा देशका विभिन्न ठाउँमा गरी ५६ वटा बम डिस्पोज गरेको पनि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सेनाले आफूले जिम्मेवारी पाएकामध्ये अहिलेसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ । १ हजार ४ सय किलोमिटरभन्दा धेरै सडकको ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ ।

पत्रकार सम्मेलनमा काठमाण्डौ–तराई–मधेश द्रुतमार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गएको असोज १२ र १३ गतेको वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो । उहाँले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu