ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीमा कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनाव जित्यो


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ११ : २०   बजे

काठमाडौं १२ फागुन । जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक युनियन ९सीडीयू० र क्रिश्चियन सोसल युनियन ९सीएसयू० का भ्रातृ दल कन्जरभेटिभ सीडीयूरसीएसयू पार्टीले २८ दशमलव ६ प्रतिशत मत ल्याएर चुनाव जितेको छ ।

हिजो भएको चुनावको मतगणना सकिएसँगै अल्टरनेटिभ फर जर्मनी ९एएफडी० दोस्रो, सोसल डेमोक्याट ९एसपीडी० तेस्रो र ग्रीन्स चौथो स्थानमा रहेको नतिजा सार्वजनिक भएको बीबीसीले पुष्टि गरेको छ । मत परिणामसँगै कन्जरभेटिभ नेता फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने पक्का भएको छ ।

सन् २०२४ को अन्तमा तीन दलीय गठबन्धन भङ्ग भएसँगै जर्मनीमा नयाँ सङ्घीय सरकारका लागि लाखौँ नागरिकले हिजो मतदान गरका हुन् ।

जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको मतदान भएको हो । नियमित समयअनुसार आउँदो सेप्टेम्बरमा चुनाव हुनुपर्ने भए पनि गएको वर्ष सोसल डेमोक्रेटिक पार्टी ९एसपीडी०, ग्रीन्स र फ्री डेमोक्र्याटिक पार्टीको सत्तारूढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि चुनाव भएको हो ।

जर्मनीको तल्लो सदन ६ सय ३० सदस्यीय छ । ५ करोड ९२ लाख मतदाता छन् । खस्कँदो अर्थतन्त्र र आप्रवासनलाई दोष दिएको सुरक्षा चिन्ता जर्मनीका अहिलेका मुख्य समस्या हुन् ।

दलहरूले यिनै विषयलाई मुद्दा बनाएका छन् । विश्वमञ्चमा पनि जर्मनीले महत्त्वपूर्ण निर्णयहरू लिने भएका कारण चुनावलाई अमेरिका र युरोपले चासोका साथ हेरेका छन् । जर्मनी युक्रेनमा अमेरिकापछि दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group