काठमाडौं, १२ फागुन । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत केहि समय यता नेपालको अर्थतन्त्रमा समस्या देखिन थालेको बताए छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै आर्थिक अवस्था सुधारीएको प्रत्यक्ष नागरिकले अनुभुति गर्ने अवस्था नभएको बताए । उहाले नागरिकले बोल्न पाउने सामाजिक संजालमा लेख्न पाउने जस्तो आर्थिक क्षेत्रमा आएको परिवर्तनमा यसरी अनुभव गर्न नसकिने बताए । उनले हाम्रो स्रोत साधन पनि कम भएका कारण छिटो नेपालको आर्थिक अवस्थाले छिटो फड्को मार्न सक्ने अवस्था नभएको बताए । राज्यले लगानी गर्दा राज्यको आवश्यकताको पहिचान नगर्दा समेत यस्तो अस्था आएको बताए । उनले नेपालको मौद्रिक नीति ल्याउने तवर तरिका पनि ठिक नभएको बताए । उनले कहिले एकदम हौसिएर मौद्रिक नीति ल्याउने कहिले संकुचन तरिकाले ल्याउने गर्दा नी नेपालको अर्थतन्त्रमा समस्या देखिएको दावी गरे । उनले पटक पटक सरकार परिवर्तन हुदा समेत त्यसको असर आर्थिक अवस्था पर्ने जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले अर्थतन्त्रका विषयमा कुरा नबुझने समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्