ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थ मन्त्रालयले माग्यो नेप्से सीईओको आवेदन, यी योग्यता अनिवार्य


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   १ : ०९   बजे

काठमाडौं १२ फागुन । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धाको आधारमा छनौट गर्ने गरी आवेदन खुलाएको हो। मन्त्रालयले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०२३ बमोजिम नेप्सको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ जारी गरेको छ।

यसअनुसार सीईओ हुनका लागि उम्मेदवार धितोपत्र बाजार सञ्चालन नियमावली २०६४ बमोजिमका योग्यता पूरा भएको हुनुपर्ने उल्लेख छ।

सो नियमावलीमा सीईओ हुनका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हुासिल गरी पुँजीबजार वा वित्त क्षेत्रमा कम्तीमा ७ वर्षको उच्च व्यवस्थापकीय तहमा अनुभव भएको हुनुपर्नेछ।

यस्तै उम्मेदवार ३० वर्ष उमेर पूरा भई ६५ बर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारले पुँजीबजारको सैद्धान्तिक पृष्ठभूमि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यको पहिचानसहितका विभिन्न नेप्से सुधारका योजनासहितका कार्ययोजना सिफारिस समितिलाई बुझाउनुपर्नेछ।

यसका लागि मन्त्रालयले आइतबार नै सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाइसकेको छ।

सिफारिस समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ। समग्रमा उम्मेदवारको अंकमा १ सय रहेको छ।

सोही अंकमा आधार रहेर सिफारिस समितिले उम्मेदवारबाट सीईओ नियुक्तिका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ।

सिफारिस समितिले पहिलो चरणमा आवेदन परेका उम्मेदवारहरूबाट पाँच जनालाई व्यावसायिक कार्ययोजनाका प्रस्तुतीकरणका लागि छनौट गर्नेछ।

प्रस्तुतीकरणबाट उमेदवारले प्राप्त गरेको प्राप्तांकअनुसार समितिले पुनः ५ जनाबाट तीन जनाको नाम छनौट गरेर मन्त्रालयलाई एक जना नियुक्तिका लागि सिफारिस गर्नेछ।

पब्लिक कम्पनीको सीईओ नियुक्ति कम्पनीको सञ्चालक समिति आफैँले गर्न पाउने व्यवस्था भए पनि सरकारको सेयर हिस्सा ५६ प्रतिशत भएका कारण अर्थ मन्त्रालयले नियुक्त गर्नलागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group