ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि धकेलियो अध्यादेश अघि बढाउने संसदको कार्यसूची


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   १ : १८   बजे

काठमाडौं १२ फागुन । अध्यादेश अगाडि बढाउने संघीय संसदको कार्यसूची फेरि धकेलिएको छ । सत्तारुढ दलका नेताहरूका अनुसार आन्तरिक छलफल चलिरहेकाले केही दिन संसदमा अध्यादेश अगाडि बढाउने कार्यसूची नआउने भएको छ ।

नेताहरूका अनुसार गत माघ २४ गते नै दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने तयारी थियो । तर, राष्ट्रिय सभामा रहेको संसदीय अंकगणितका कारणले अगाडि बढ्न सकेन । त्यसदिन प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा परेर पनि अध्यादेशसम्बन्धी कार्यक्रम स्थगन गरिएको थियो । राष्ट्रिय सभामा समभावित कार्यसूचीमा परेर अगाडि बढ्न सकेको थिएन ।
त्यसपछि सरकारले फागुन ६ गते अध्यादेश संसदबाट स्वीकृत गराउने तयारी गरेको थियो । तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेका थिए । उक्त बैठकले फागुन ६ गते संसदको दुवै सदनमा अभ्यादेश निर्णयार्थ पेस गर्ने निर्णय नै गरेको थियो ।

तर, सत्तारुढ दलहरूको तयारीले काम गरेन । फागुन ४ गते सिंहदरवारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । उक्त बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले फागुन ६, ७ र ८ गतेको बैठकमा अध्यादेश अगाडि नबढ्ने बताएका थिए ।

‘अध्यादेश अगाडि बढाउन हामीलाई कम्तिमा एक हप्ता दश दिनको समय चाहिन्छ । सांसदहरूलाई जम्मा गर्नुपर्‍यो । अहिले कुम्भ मेला चलिरहेको छ । धेरै सांसदहरू कुम्भ मेलातिर लाग्नुभएको छ । तिनीहरूलाई जम्मा गर्न, पूर्वसूचना दिन समय चाहिन्छ’, उनले भनेका थिए ।

प्रमुख सचेतक घिमिरेका अनुुसार फागुन ११ गते अध्यादेश दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी थियो । तर, अझै तयारी नपुगेकाले फेरि केही दिन धकेलिन पुगेको छ ।

आज सोमबार, र भोलि मंगलबार प्रतिनिधि सभाको बैठक बस्ने संसदीय क्यालेन्डर छ । त्यसपछि अर्को संसदीय क्यालेन्डर तयार भएको छैन । प्रतिनिधि सभाले १५र१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ । संसद सचिवालयले अर्को संसदीय क्यालेन्डरको तयारी अगाडि बढाएको छ । जसमा फागुन १८ गते अर्को बैठक राख्ने तयारी छ । नेताहरूका अनुसार फागुन १८ अगाडि संसदमा अध्यादेश अगाडि बढाउने कार्यसूची आउने सम्भावना कम छ ।

गत माघ १८ गतेबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको हो । फागुन १८ गते एक महिना पुग्छ । संसद अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ । त्यस्तो अध्यादेश संसदको अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदमा अध्यादेश पेश गरेपछि दुवै सदनबाट स्वीकृत गराउनुपर्छ ।

दुवै सदनबाट स्वीकृत गराएपछि सरकारले प्रतिस्थपन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक पनि अधिवेशन सुरु भएको ६० दिनपछि संसदबाट पास भएर ऐनमा रुपान्तरित भइसक्नुपर्छ । तर, सरकारले एक महिनासम्म पनि संसदबाट अध्यादेश स्वीकृत गराउन सकेको छैन । यसले प्रतिस्थापन विधेयक ल्याएर पास गराउन संसदलाई समय अभाव हुन सक्ने संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावली अनुसार विधेयक संसदमा आएपछि परिपक्क हुन पाँच दिन लाग्छ । त्यसपछि सभामा प्रस्तुत हुन्छ । अर्को दिन सभामा सैद्धान्तिक छलफल गर्ने र विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुपर्छ । विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरूलाई संशोधन प्रस्ताव हाल्नका लागि ७२ घण्टाको समय दिनुपर्छ । प्राप्त संशोधन संसद सचिवालयले एकीकृत गरेपछि सभाध्यक्ष ९प्रतिनिधि सभामा सभामुख, राष्ट्रिय सभामा अध्यक्ष०मार्फत स्वीकृत भएर अगाडि बढ्छ । त्यसपछि सांसदहरूको संशोधनसहित विधेयकमाथि छलफल हुन्छ । यो प्रक्रिया राष्ट्रिय सभामा पनि हुन्छ ।

२ माघमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी भएको थियो । योसहित ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । स्वीकृत हुन भने सकेको छैन
सरकारले विभिन्न ६ वटा अध्यादेशमार्फत २९ वटा ऐन संशोधन गरेको छ । संशोधन गरिएको ऐनको संख्या २९ रहेकाले पनि सांसदहरूका लागि अध्यनको समय अभाव हुन सक्ने अधिकारीहरू बताउँछन् ।

यसबीचमा अध्यादेश अगाडि बढाउन संसदीय अंकगणितमा निर्णायक रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव भने कतार भ्रमणमा छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेश बहुमतले स्वीकृत गर्न ३० सांसदको समर्थन आवश्यक पर्छ । तर सरकारको पक्षमा प्रष्ट बहुमत पुग्न सकिरहेको छैन ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाको १, राष्ट्रिय जनमोर्चाको १ र मनोनीत ३ जना सांसद छन् । मनोनीत ३ मध्ये अन्जान शाक्य एमाले समर्थित हुन् ।

अर्का मनोनीत सांसद बामदेव गौतमले अध्यादेशमा आफ्नो मत मतदानको दिन मात्र सार्वजनिक गर्ने बताउँदै आएका छन् । अर्का मनोनीत सांसद नारायण दाहाल राष्ट्रिय सभामा अध्यक्ष छन् । अध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।

यो संसदीय अंकगणितमा सरकारलाई अध्यादेश अगाडि बढाउन सकस परिरहेको छ । कांग्रेस ९१६०, एमाले ९१०० र मनोनीत सांसद शाक्य अध्यादेशको पक्षमा उभिँदा २७ मत पुग्छ । बहुमतका लागि ३० मत चाहिछ ।

सरकारमा सहभागी लोसपाले पनि भूमि अध्यादेशमा समर्थन नगर्ने निर्णय गरिसकेको छ । यसकारण सरकारलाई अध्यादेश अगाडि बढाउन राष्ट्रिय सभामा तीन मत पुग्दैन । यस्तोमा राष्ट्रिय सभामा तीन सिट रहेको जसपा नेपालको साथ लिने प्रयास सरकारले गरिरहेको छ ।

जसपा नेपाल सरकारलाई समर्थन गरेर संसददमा सत्तापक्षमा बस्दै आएको दल हो । तर, भूमि अध्यादेशमा उसको चासो सम्बोधन नहुँदा सरकारले अन्य अध्यादेश समेत अघि बढाउन सकिरहेको छैन ।

गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश जारी भएको हो ।

निजीकरण ९पहिलो संशोधन० अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो ।

२ माघमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी भएको थियो । यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । स्वीकृत हुन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group