ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्रीमा पशुपति क्षेत्रभित्र मासु, मदिरा, गाँजा, भाङ बिक्री नगर्न आग्रह


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ३ : १२   बजे

काठमाडौं १२ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ।

सोमबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो। प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए।

फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको उनको भनाइ छ।

उनले भने, ‘२०८१ साल फागुन १४ गते बुधबार २६ फ्रेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान पर्व शिवरात्री पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले देहाय अनुसारको उपसिचि गठन गरी कार्य विभाजन गरी विभिन्न तयारी गरेको बारेमा यहाँको विज्ञ जनमा जानकारी गराउन चाहन्छु। वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था २०८१ फागुन १२ गते बिहानदेखि १६ गतेसम्म पशुपति क्षेत्र विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ।’

कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा बिक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ।

यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्नसक्ने कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu