ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेलमा प्रहरी कुट्नेलाई १० देखि १५ हजार धरौटीमा रिहा गर्न आदेश


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ७ : ३०   बजे

काठमाडौं १३ फागुन । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार यस्तो आदेश दिएको हो। डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ।

अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी, ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल, गोपालबहादुर शाही र नवीनसिंह ऐरलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सौजन्य शाहीलाई पनि प्रतिवादी बनाइएको छ तर उनी फरार छन्।

माघ २४ गते उनीहरूसहित ६ जनाले ठमेलस्थित सडकमै हो(हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम ९क्यूआरटी० प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

तत्काल थप मद्दत टोली नजाँदा प्रहरीलाई पिट्ने र मोटरसाइकल तोडफोड गरेको समूह भागेको थियो।

सुरुमा अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर अनुसन्धान थालिएको थियो। तर यसअघि पनि पटक पटक पक्राउ परेर कारबाही भएको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group