ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित कोटीहोम रोक्न भ्याकेट निवेदनसहित अदालत पुग्यो पोखरा महानगर


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ७ : ३५   बजे

काठमाडौं १३ फागुन । आफूलाई बालयोगेश्वर बताउने विजय कृष्णमूर्ति अर्थात् विजय भण्डारीको नेतृत्वमा आयोजना गर्ने भनिएको कोटीहोम रोक्नको लागि पोखरा महानगरपालिका भ्याकेट निवेदनसहित उच्च अदालत पोखरा पुगेको छ।

उच्च अदालतले फागुन १ गते सो महायज्ञमा अवरोध नगर्न पोखरा महानगरलाई अन्तरिम आदेश दिएको थियो। यसअघि महायज्ञ आयोजनाको लागि कृष्णमूर्ति नेतृत्वको टोलीले नेपाल ट्रस्टको जग्गा भाडामा लिएको थियो।

विवाद बढेपछि महायज्ञ संचालनमा रोक लगाउनको लागि पोखरा महानगरले माघ २० गतेको ४२ औं कार्यपालिका बैठकबाटै निर्णय गराएको थियो भने पोखरा ६, बाराहीघाटको ४८ रोपनी जग्गाको स्वामित्व रहेको नेपाल ट्रष्टलाई पत्र पठाएको थियो।

नेपाल ट्रस्टले आफूले जग्गा भाडामा दिन कसैसँग अनुमति लिनुनपर्ने जवाफ महागरलाई पठाएको थियो। त्यही पत्रको आधारमा अदालतबाट अन्तरिम आदेश आएपछि सोमबार पोखराका मेयर धनराज आचार्यको वारेशनामामा त्यहाँ कार्यरत कर्मचारी सोमनाथ लम्सालले भ्याकेट निवेदन दर्ता गराएका हुन्।

निवेदनमा पोखराको फेवाताल किनारामा फाउन्डेसनले गर्ने भनेको कोटीहोम गर्ने उपयुक्त स्थान होइन भन्ने तथ्य स्थापित भइसकेको ,फेवाताल क्षेत्रमा संसारका धेरै देशहरूवाट विभिन्न धर्मावलम्वीहरू आउने हुँदा कोटीहोम गर्दा बढी हो–हल्ला हुने, ध्वनि र वातावरण प्रदूषण हुने, धुवाँ भइ जलचर, थलचरलाई असर पर्ने, मुख्य पर्यटकीय सिजनको समयमा एउटा धर्मावलम्वीले गर्ने कोटीहोमबाट अन्य धर्मावलम्वीले मनोरन्जन लिन नसक्ने स्थिति देखिएको तथा आयोजक विजय भण्डारीले पत्रकार सम्मेलनमा धर्मको नाममा अधर्म गर्न तयार रहेको वक्तव्य दिएपछि त्यसबाट असुरक्षा बढेको जिकिर गरिएको छ।

महानगरले फाउण्डेसनको नाममा सदियौं पुराना बर, पिपल, समी समेतका रुखहरू विना अनुमति कटान गरिएको, कानुन हातमा लिने र कसैलाई पनि नटर्ने भन्दै अभिव्यक्ति दिएको बताउँदै निवदेनमा भनेको छ,‘कानूको ठाडो उल्लङ्घन गर्ने व्यक्तिले सञ्चालन गरेको कम्पनीले अनुमति नलिइ गर्न खोजेको कोटीहोममा अवरोध नगर्न गरिएको आदेश रद्द गरिपाऊँ।’

मानव सेवा फाउण्डेसन आउँदो चैत १ देखि जेठ ३० गतेसम्म ‘श्री गण्डकी शत ९ सय० कुण्डीय गायत्री कोटीहोम विराट महायज्ञ’ को तयारीमा जुटेको थियो।

जग्गा ४८ रोपनी जग्गाको भाडाबापत् नेपाल ट्रस्टले ११ लाख ५९ हजार रुपैयाँ भाडा पनि बुझ्यो। आयोजकले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र पोखरा महानगरपालिकाको वडा नम्बर ६ कार्यालयसँग अनुमति पनि लिएको थियो। पछि समिदाका लागि भन्दै पोखराका सयौं वर्ष पृुराना चौतारा काटिएपछि भने यो महायज्ञ विवादमा परेको थियो।

माघ २ गते नै अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यको तर्फबाट कोटीहोम रोक्न माग राखेर उच्च अदालत पोखरामा अर्को रिट दायर गरिएको छ। रिटमा कोटीहोमले फेवातालको प्राकृतिक संरचना, पर्यावरणीय सन्तुलन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने भन्दै तत्काल रोक्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group