ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैले शान्तिको अनुभुति गरुन, कसैलाई अन्याय नपरोस : प्रधानमन्त्री ओली


admin
५ चैत्र २०७४, सोमबार   ४ : ३१   बजे

काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताउनुभएको छ ।

चन्द्रागिरी नगरपालिकास्थित मातातिर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नु पर्ने बताउनुभएको हो ।

‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ ।’

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’

प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचरणमा पनि सुधार ल्याउनु पर्ने बताउनुभएको छ । ‘सबैले शान्तीको अनुभूति गरुन् । कसैलाई अन्याय नपरोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मान्छे देख्दा शुत्र होइन । दाजुभाइ दिदीबहिनी देखियोस ।’

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ति सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बललाई राष्टिकयता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिनुभएको छ ।

यो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोग गरेको थियो । प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गर्नुभएको छ ।

‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडि बढ्छन् । यसका लागि सबै तयार रहनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group