ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मर्मतपछि चीनबाट जहाज आउन ढिलाइबारे निगमले बनायो छानबिन समिति


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   ७ : ४७   बजे

काठमाडौं १५ फागुन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने चारमध्ये चीनमा नियमित मर्मत सम्भार सी–चेक पछि पनि काठमाडौं आइपुग्न ढिलाइ भइरहेको जहाजबारे छानबिन समिति गठन गरेको छ ।

राष्ट्रिय ध्वजावाहकले १ सय ५७ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको न्यारो बडी जहाज सी–चेक सकेर १७ फागुनमा काठमाडौं आउने जनाएको छ ।

दर्ता नम्बर ‘९एन–एकेडब्लू’ जहाज अघिल्लै साता काठमाडौं आउनुपर्ने तालिका थियो । यो जहाज चीनको सेङयाङमा सी–चेक गर्न लगिएको थियो । निगमको जहाज चाइना साउदर्न एयरलाइन्समा मर्मत गरिएको हो ।

मर्मतको काम पूरा भएपछि नियम अनुसार गर्नुपर्ने भन्सार पास प्रक्रियामा समस्या आई उडान अनुमति पुनः आवश्यक परेपछि उक्त जहाज १७ फागुनमा मात्र काठमाडौं आइपुग्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार एकेडब्लू जहाजको सी–चेक ढिलाइ तथा अन्य कारण सम्बन्धमा अध्ययनगरी यथार्थ विवरण केलाइ कहीँ कसैको कमीकमजोरी पाइए कर्मचारी, मर्मत सम्भार कम्पनी एमआरओ० र एजेन्ट समेतलाई कानुनी प्रक्रिया अनुसार कारबाहीको सिफारिस सहित पेसलाई कानुनी प्रक्रिया अनुसार कारबाही सिफारिस सहित पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

त्यसैगरी निगमको अर्को न्यारो बडी जहाज ‘९एन–एकेएक्स’ को ‘नोज ल्यान्डिङ गियर’ मर्मतका लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी भारत नयाँदिल्लीस्थित एयर इन्डिया सर्भिसेस लिमिटेड पठाउने तयारी भइरहेको उनले बताए ।

यसका लागि काठमाडौं–दिल्ली ‘फेरी फ्लाइट’ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने बित्तिकै मर्मतका लागि दिल्ली जाने र १७ फागुनदेखि नै नियमित उडानमा रहने निगमको भनाइ छ ।

त्यसैगरी निगमसँग रहेको २ सय ७४ सिट क्षमताका दुई थान वाइड बडी जहाजमध्ये दर्ता नम्बर ‘९एन–एएलवाई’ लाई आवश्यक पार्टपुर्जा आज बिहीबार बेलायतबाट आइसकेको र मर्मतपछि काठमाडौं–दिल्ली उडान गर्ने निगमले जनाएको छ ।

निगमका अनुसार आन्तरिक उडानमा प्रयोग हुने १९ सिट क्षमताको दर्ता नम्बर ‘९एन–एबीयू’ ट्विनअटरमा आवश्यक इन्जिन जडानपछि २० फागुनबाट नियमित उडान गर्ने छ ।

त्यस्तै दर्ता नम्बर ‘एन–एबीटी’ को अर्को ट्विनअटरको पनि इन्जिन जडान सकेर नियमित उडान सञ्चालन गर्ने योजना निगमले बनाएको छ ।

यात्रु सुविधा ध्यानमा राखेर निगमका आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवा मार्फत गन्तव्य पुर्‍याउने काम भइरहेको र टिकट उपलब्ध नहुन्जेल होटलमा बस्ने व्यवस्था मिलाइएको निगमको भनाइ छ ।

प्राविधिक समस्याका कारण सिर्जना भएको कठिन परिस्थितिमा यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group