ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पका कारण सिन्धुपाल्चोकमा कैदीको हात भाँचियो, सुक्खा पहिरो खस्यो


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   ७ : ४५   बजे

काठमाडौं १६फागुन । शुक्रबार बिहान गएको भूकम्पका कारण जिल्ला कारागार सिन्धुपाल्चोकमा एकजना कैदी घाइते भएका छन्।

भूकम्प आएका बेला भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सीडीओ० किरण थापाले जानकारी दिए।

नेपालखबरसँग कुरा गर्दै सीडीओ थापाले भने, ‘जिल्ला कारागारमा भएका एकजना कैदी स्याङ्बो तामाङको हात भाँचिएको छ। उनको जिल्ला अस्पतालमा उपचार भइसकेको छ। उनलाई कारागार नै फर्काइसकिएको छ।’

कारागार स्रोतका अनुसार भूकम्प आउँदा डराएर हामफाल्दा उनको हात भाँचिएको हो। कैदी तामाङको घर सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका(५ हो।

यस्तै भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका(३ तुसारेस्थित दुगुनागढीमा सुक्खा पहिलो खसेको सीडीओ थापाले बताए।

‘तर यो बस्ती नभएको ठाउँ हो’, उनले भने।

यसैगरी भूकम्पका कारण इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवन चर्किएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। अन्य क्षतिको विवरण आउने क्रममा रहेको उनको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प गएको हो।

जसको कडा धक्का राजधानी काठमाडौँमा पनि महसुस भएको थियो। निद्रामा रहेका काठमाडौँ उपत्यकावासी भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu