ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच आज भेटवार्ता हुँदै


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   १ : १६   बजे

काठमाडौं १६फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज भेटवार्ता हुँदैछ । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौताका लागि दुई नेताबीच आज सहमतिमा हस्ताक्षर हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई देशबीच खनिज सम्झौता सहमति भएसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिका जानुभएको छ । युक्रेनले यसअघि नै अमेरिकासँगको प्रमुख खनिज सम्झौताका शर्तहरू स्वीकार गरिसकेको जनाएको छ । यसलाई दुवै देशले सकारात्मक परिणामका रूपमा लिएका खबरमा उल्लेख छ ।

अमेरिकाले पाँच खर्ब अमेरिकी डलर बराबरको युक्रेनी प्राकृतिक स्रोत साधनमा आफ्नो अधिकार दाबी गरेको छ । त्यसको बदलामा अमेरिकाले युद्धग्रस्त युक्रेनको प्रमुख चासो रहेको सुरक्षा ग्यारेन्टी भने सुनिश्चितता गरेको छैन ।

युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथियम तथा टाइटानियमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनियम भण्डारण छ । यस्तै विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग भएको युक्रेनको दाबी छ । युक्रेनका कतिपय खनिज भण्डारहरू रुसले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group