ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिबी न्यूनीकरण उपलब्धि प्रति एडीबी प्रमुख अर्थशास्त्रीले गरे नेपालको प्रशंसा


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   ७ : ५४   बजे

काठमाडौं १६ फागुन । नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक एडीबी का प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवं विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताएका छन् ।

चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा यस्तो बताएका हुन् ।

गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि दिगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेका चुनौती पनि उनले औंल्याएका छन् ।

नेपाल रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्ने उनले बताए ।

‘नेपालको प्राथमिकतामा वैदेशिक लगानी, पूर्वाधार सुधार, प्रविधि विस्तार, नेपाललाई विश्वबजारसँग एकीकरण तथा निर्यात वृद्धि गर्नुपर्छ,’ उनले भने ।

शुक्रबार नै नेपाली पत्रकारसँग कुराकानी गर्दै उनले व्यापार, आप्रवासन तथा आर्थिक नीतिहरूमा अमेरिकाका सम्भावित परिवर्तनको असर सन् २०२५ को पछिल्ला महिना देखिने बताए । ‘अर्को वर्ष अर्थात् २०२६ मा ती नीतिको अझै ठूलो प्रभाव देखिन सक्छ,’ उनले भने ।

२०२५ मा पनि दक्षिण एसिया विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भएको क्षेत्र बन्ने प्रक्षेपण रहेको उनले बताए ।

‘सन् २०२५ मा विकासशील एसियाको आर्थिक वृद्धि ४।८ प्रतिशत हुनेछ,’ उनले भने, ‘दक्षिण एसियाको समग्र आर्थिक वृद्धि त्यसभन्दा धेरै ६।३ प्रतिशत हुँदा नेपालको भने ४।९ प्रतिशत हुने प्रक्षेपण छ ।’

प्रमुख अर्थशास्त्री पार्कले यो वर्ष अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर १०० आधार बिन्दु अर्थात् १ प्रतिशत बिन्दुसम्मले घट्न सक्ने अपेक्षा रहेको बताए ।

अमेरिकामा मूल्यवृद्धिको चाप घटिरहेको सन्दर्भमा फेडले ब्याजदर घटाउने अपेक्षा रहेको उनले बताए । नेपाल र दक्षिण एसियामा पनि मूल्यवृद्धि घटिरहेकाले केन्द्रीय बैंकहरूलाई केही हदसम्म विस्तारकारी मौद्रिक नीति ल्याउने सुविधा रहेको उनले बताए ।

नेपालमा आन्तरिक माग बढ्दै छ

एडीबी प्रमुख अर्थशास्त्री पार्कले नेपालमा आन्तरिक माग बढिरहेकाले आर्थिक वृद्धिको प्रक्षेपण पनि सकारात्मक रहेको बताए । २०२५ मा नेपालले करिब ५ प्रतिशतको आर्थिक वृद्धि गर्ने प्रक्षेपण छ ।

तर, नेपालले आर्थिक वृद्धिको सम्भावना अनुसारको वृद्धि हासिल गर्न नसकेको उनले बताए ।

‘आईएमएफले नेपालको आर्थिक वृद्धिको सम्भावना साढे ५ प्रतिशत रहेको उल्लेख गरेको छ, त्यसको तुलनामा नेपालको वृद्धिको प्रक्षेपण कम नै हो,’ उनले भने ।

नेपाल न्यून मध्यम आय वर्गको मुलुकबाट अघि बढ्दै गरेको सन्दर्भमा आर्थिक वृद्धिका खम्बाहरू बलियो बनाउँदै लैजानुपर्ने उनले बताए ।

साथै, नेपाललाई क्षेत्रीय तथा विश्व अर्थतन्त्रसँग एकीकरण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।

‘विश्वबजारमा प्रतिस्पर्धा गर्न सजिलो छैन, त्यसका लागि नेपालले व्यापार लागत घटाउनुपर्छ, विदेशी कम्पनीहरूलाई सुविधा उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

नेपालले आयातमा उच्च भन्सार दर लगाउने कारण व्यापार लागत उच्च बनेको उनको भनाइ छ ।

‘नेपालले आयातमा भन्सार दर घटाउनुपर्छ, भारतलाई पनि हामीले त्यही सुझाव दिएका छौं,’ उनले भने ।

नेपालको व्यापार सम्भावना राम्रो रहेको पनि उनले बताए । खासगरी नेपालबाट डिजिटल सेवा निर्यातको राम्रो सम्भावना रहेको उनले बताए ।

भारतमा मूल्यवृद्धि नियन्त्रणमा रहेका कारण नेपालमा पनि मुद्रास्फीति चाप नरहेको उनले बताए । त्यसो हुँदा नेपाललाई अनुकूल मौद्रिक नीति बनाउने सुविधा रहेको उनले बताए ।

अमेरिकाले वैदेशिक सहायता घटाउँदा त्यसले पार्ने खाडल कसरी पुर्न सकिन्छ भनेर एडीबीले सोचिरहेको उनले बताए ।

‘यूएसएडको अनुदान कटौती हुँदा विश्वभरि नै स्वास्थ्य तथा जनसंख्या सम्बन्धी कार्यक्रम प्रभावित भएका छन् । त्यसमा एडीबीले कसरी लगानी गर्न सक्छ भनेर मानिस आएका छन् । हामी अन्य दातासँग पनि समन्वय गरेर त्यसमा कसरी काम गर्न सकिन्छ भनेर हेरिरहका छौं,’ उनले भने ।

एडीबीका नेपाल निर्देशक आर्नो कास्वाँले एडीबीसँग त्यस्तो ठाउँमा लगानी गर्न केही लचकता रहेको बताए ।

अमेरिकाका लागि व्यापारका हिसाबले नेपाल त्यति ठूलो मुलुक नभएका कारण ट्रम्पले घोषणा गरेको ‘बराबरी भन्सार दर’ नीतिले खासै प्रभाव नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group