ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का पछिल्ला कूटनीतिक गतिविधिलाई ‘स्टन्ट’को संज्ञा दिएका छन्।

प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट गरेको विषयलाई लक्षित गर्दै चालिसेले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीले यसअघि सामूहिक भेटघाटलाई प्राथमिकता दिने नीति लिएको भए पनि पछिल्लो गतिविधिले आफ्नै कूटनीतिक अभ्यासको उल्लङ्घन गरेको आरोप लगाए।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चालिसेले प्रधानमन्त्रीको पछिल्लो कदम न नियमअनुसार, न कूटनीतिक चातुर्य र न देशहितसँग जोडिएको भन्दै प्रश्न उठाएका छन्। उनले राजनीतिमा चर्चित ‘स्टन्ट’ अब कूटनीतिक क्षेत्रमा समेत विस्तार हुन थालेको टिप्पणी गरेका छन्।

आफ्नै कूटनीतिक नीति तोडेको आरोप

चालिसेले प्रधानमन्त्री शाहले आफैँ सुरु गरेको ‘सेल्फ रिष्ट्रिक्सन डिप्लोमेसी’ अर्थात् आत्मसंयमको कूटनीति आफैँले तोडेको आरोप लगाए।

उनका अनुसार करिब चार महिनाअघि भारतीय विदेशमन्त्री विक्रम मिश्रीलाई छुट्टै भेट नदिने भएपछि उनको नेपाल भ्रमण रद्द भएको थियो। त्यस्तै, अमेरिकी राष्ट्रपतिका विशेषदूत सर्जिओ गोर र अमेरिकी उपविदेशमन्त्री सारा वी. रोजर्सले समेत प्रधानमन्त्रीको सोही कूटनीतिक नीतिका कारण भेट नपाएको चालिसेको दाबी छ।

विदेश नीति कसले चलाइरहेको छ ?

कांग्रेस प्रवक्ता चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा प्रधानमन्त्रीका विशेषदूतले भारत पुगेर उच्च अधिकारीसँग भेटघाट गरेको विषय पनि उठाएका छन्।

प्रधानमन्त्रीले सामूहिक भेटघाटलाई प्राथमिकता दिने बताउँदै आएका बेला आफैँले भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेट गर्नु रणनीतिक उपलब्धि नभएको उनको टिप्पणी छ।

चालिसेले नेपालको विदेश नीति राज्यले, सरकारको संस्थागत संयन्त्रले, प्रधानमन्त्रीको व्यक्तिगत शैलीले वा सत्तारूढ दलको राजनीतिक कूटनीतिले सञ्चालन गरिरहेको हो भन्ने प्रश्नसमेत उठाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Spain Over Ceuta’s Ongoing Migration Crisis

Xi Jinping Calls for Deepening China-Egypt Cooperation, Proposes New Mideast Security Architecture

Xi Concludes State Visit to Egypt with Cooperation Agreements

Xi Jinping Tours Grand Egyptian Museum With El-Sisi

China Launches Multi-Pronged Rescue Mission After Deadly Mudslide

Lawmakers Press Army on Drone Unit Cancellation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu