टेक अर्बपति जेफ बेजोसले हालैका वर्षहरूमा नयाँ रूप र जीवनशैली अपनाएका छन्। वाशिंगटन पोस्टमा सम्पादकीय परिवर्तनले धेरैलाई उनको राजनीति पनि परिवर्तन भएको हो कि भन्ने आश्चर्यमा परेका छन्।
विश्वको तेस्रो धनी व्यक्तिले प्रायः नम्रता देखाउँदैनन्। तर जेफ बेजोस, अमेजनका संस्थापक र अन्तरिक्ष अग्रगामी, डोनाल्ड ट्रम्पको युगमा आफ्नो बाटो बनाउन खोज्ने अन्य व्यवसायीहरू जस्तै एक व्यवसायी बनेका छन्।
बेजोस ट्रम्पको चुनावी विजयपछि मार–ए–लागोमा सम्मान गर्न गएका अर्बपति र टेक टाइटनहरूको लहरमा सामेल भए। उनको पालो डिसेम्बरको मध्यमा एक साँझ आयो, जब बेजोस र उनकी मंगेतर, लरेन सान्चेज, ट्रम्प र मेलानियासँग रात्रिभोजमा बसे। साँझको कुनै बिन्दुमा, इलन मस्क पनि पार्टीमा सामेल भए।
यो एउटा अनौठो दृश्य थियोः बेजोस विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति र विश्वको सबैभन्दा धनी व्यक्तिको बीचमा अडिएका । ट्रम्पले उनको पहिलो कार्यकालमा उनलाई बदनाम गरे र उनको व्यवसायलाई नष्ट गर्न खोजे; मस्क उनको व्यवसायीक प्रतिद्वन्द्वी र अर्बपति अन्तरिक्ष अन्वेषकहरूको प्रतिस्पर्धामा उपहास गर्ने विरोधी हुन्।
बेजोसका लागि, त्यो रात्रिभोज हालैका ट्रम्प–मैत्रीपूर्ण संकेतहरूको शृंखलाको एक हिस्सा थियो जसले सबैको ध्यान आकर्षित गरेको छ र दर्शकहरूलाई उनले मागा शासनको दोस्रो अध्यायको लागि आफूलाई कसरी अनूकुलन गरिरहेका छन् भनेर सोच्न बाध्य बनाएको छ। के बेजोस सुन त्जुको “आर्ट अफ वार“ को विद्यार्थी जस्तै धैर्य र गणनाशील रक्षा राख्दै छन्, वा उनले ट्रम्प युगमा राजनीतिक परिवर्तन गरेका छन् ? के उनको निश्चित राजनीति वा सिद्धान्तहरू छन्, वा उनी टेस्टोस्टेरोन र निर्ममताको बदलिंदो स्तरद्वारा शासित छन् ?
यी प्रश्नहरू बेजोसमा मात्र होइन, ट्रम्पको हावासँग बगेका टेक लर्डहरूको समूहका लागि पनि लागू हुन्छन्, विशेष गरी मेटाका संस्थापक मार्क जकरबर्ग। उनले हालै फेसबुकमा मध्यस्थता समाप्त गर्ने र आफ्नो कम्पनीमा डिइआई नीतिहरू हटाउने निर्णयले ट्रम्पलाई खुशी बनायो । बाहिरबाट, चेन लगाउने जकरबर्गले मागा भाइको मेकओभर गरेको देखिन्छ।

राष्ट्रपति ट्रम्पले फेब्रुअरी ६, २०२० मा बेजोसको स्वामित्वमा रहेको वाशिंगटन पोस्टको एक प्रति समातेका छन्। फोटोः एन्ड्रयू ह्यारर÷ब्लूमबर्ग न्यूज
तर बेजोसको देखिइरहेको परिवर्तन अझ आश्चर्यजनक हुन सक्छ। ट्रम्पको पहिलो कार्यकालमा, उनले वाशिंगटन पोस्टको नयाँ मालिकको रूपमा अडान लिए, जुन वाटरगेट प्रसिद्धिको अखबार थियो जसले नयाँ पुस्ताका पाठकहरूका लागि आफूलाई प्रतिरोधको नेताको रूपमा प्रस्तुत ग¥यो। अखबारले ट्रम्पको आक्रामक कभरेजलाई यसको मिशनको भावनालाई व्यक्त गर्ने ट्यागलाइनसँग जोड्योः लोकतन्त्र अन्धकारमा मर्छ।
तर, त्यो प्रतिबद्धता अक्टोबरको अन्त्यमा, चुनावभन्दा ११ दिनअघि, प्रश्न रुपमा आयो, जब बेजोसले पोस्टको लामो समयदेखिको राष्ट्रपति उम्मेदवारहरूको समर्थन गर्ने अभ्यास स्थगित गरे। यो कदमले डेमोक्र्याट कमला ह्यारिसलाई अखबारको आशीर्वादबाट वञ्चित ग¥यो र यो पोस्टको विश्वसनीयता संरक्षण गर्नका लागि भएको थियो, बेजोसले स्पष्टीकरण दिएका थिए ।
समय कम्तीमा पनि अजीब थियो।
त्यसपछि अमेजनद्वारा ट्रम्पको सपथ समारोहका लागि एक मिलियन डलरको योगदान आयो, साथै स्ट्रिमिङ सेवाको प्रथम महिला मेलानिया ट्रम्पसँग अधिकृत वृत्तचित्रका लागि ४० मिलियनको सम्झौता । यो शुल्क अर्को सवैभन्दा बढी बोली लगाउनेको प्रस्तावको तीन गुणा थियो, यो अखबारको रिपोर्टिङ अनुसार ।
त्यहाँ बेजोसले विजयी ट्रम्पमाथि लादेका चापलुसी ट्वीटहरू थिए र सपथ समारोहमा अन्य टेक नेताहरूसँग उनको गर्वको स्थान—जकरबर्ग, मस्क, एप्पलका टिम कुक र गुगलका सुन्दर पिचाइ, अरूहरूसँगै । ट्रम्पको ठीक पछाडि र मन्त्रिपरिषद्को अगाडि डायसमा उनीहरूको सिटलाई दुई तरिकाले पढ्न सकिन्छः नयाँ युगको धन र शक्तिको ऐतिहासिक संयोजनले नयाँ प्रशासनलाई समर्थन दिंदै गरेको वा खतरनाक बलवानद्वारा बन्धक बनाइएका अर्बपतिहरूको भिडियो ।
यो हप्ता अर्को बम विस्फोट ल्यायो जब बेजोसले घोषणा गरे कि वाशिंगटन पोस्टको विचार पृष्ठहरू अबदेखि “व्यक्तिगत स्वतन्त्रता र स्वतन्त्र बजार“ को सिद्धान्तहरूको रक्षा गर्न समर्पित हुनेछन्। यो दक्षिणपन्थतिरको झुकावले ओपेड पेजखण्डका सम्पादक डेभिड शिप्लीको राजीनामा निम्त्यायो। आलोचकहरूले यो कदमलाई उदार असहमति र ट्रम्पको आलोचनालाई दबाउने प्रयासको रूपमा निन्दा गरेका छन्, जबकि अरूले यस्ता विचारहरू अन्य प्रकाशनहरूमा प्रशस्त हुँदै आएका छन् भनेर औंल्याएका छन्।
“म स्तब्ध भएँ,“ बोजोसको पोष्टका प्रथम सम्पााददक मार्टिन ब्यारनले उनको प्रतिक्रियाको बारेमा भने। उनले परिवर्तनहरूलाई “गहिरो चिन्ताजनक… र पोस्टको इतिहासप्रतिको विश्वासघात“ भनेका छन् ।
उनको २०२३ को पुस्तक “कोलिजन अफ पावर“ मा, ब्यारनले बेजोसलाई ट्रम्पको क्रोधबाट आफ्नो स्टाफलाई प्रशंसनीय रूपमा संरक्षण गरेको वर्णन गरेका थिए, यहाँसम्म कि उनको आफ्नै व्यवसायहरू खतरामा परेर पनि समर्थन गरेको कुरा उल्लेख छ । “मेरो बारेमा चिन्ता नगर्नुहोस्। केवल काम गर्नुहोस्। र म तपाईंको पछाडि छु,“ उनले आफ्ना मालिकले जुलाई २०१८ को बैठकमा स्टाफलाई आग्रह गरेको पुस्तकमा सम्झिएका छन् ।
अब, ब्यारनले बेजोसलाई नयाँ प्रशासनसँग पक्षपात गर्न खोज्ने अर्को अर्बपतिको रूपमा हेर्छन्। “तपाईं प्रतिशोधी राष्ट्रपतिको गलत पक्षमा पर्न चाहनुहुन्न। र संयुक्त राज्यका राष्ट्रपति विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। र जति धनी र शक्तिशाली जेफ बेजोस छन्, ठीक छ, ट्रम्प अझै शक्तिशाली छन्,“ उनले भने। “त्यसैले उनी त्यो हेरेर भनिरहेका छन्ः ’मैले यो सहनुपर्छ।’“
२०१६ मा, ट्रम्पलाई उनको आक्रामक आवेगहरूलाई मत्थर पार्ने बफरहरूले घेरेका थिए। अब उनले पिटबुलहरूको समूहको कमाण्ड गर्छन्, जसले मालिकको आज्ञा पालन गर्न तत्पर छन्। सपथको एक व्यापक रूपमा प्रसारित फोटोमा, मुस्कुराउँदै गरेका बेजोसलाई ट्रम्पको एफबीआई निर्देशकका लागि मनोनित काश पटेलले छायाँमा पारेका छन्, जो एक चुनाव अस्वीकार गर्ने व्यक्ति हुन् जसले “अमेरिकी नागरिकहरूको बारेमा झूट बोलेर जो बाइडनले राष्ट्रपति चुनावहरू ठीक गरेका मिडियाका मानिसहरूलाई पछ्याउने“ धम्की दिएका छन्।
“उनीहरू डराउँछन्। ट्रम्प जे पनि गर्न सक्षम छन्,“ एक सल्लाहकारले भने जसले अन्य अर्बपतिहरूलाई उनीहरूको प्रतिष्ठा र राजनीतिक व्यवहारमा सल्लाह दिएका छन्। “उनीहरू दिनको अन्त्यमा केवल बुद्धिमान व्यवसायी बन्दैछन्।“
बेजोसका समर्थकहरूले स्वीकार गरे अनुसार पोस्टमा उनको परिवर्तनको समय र दृष्टिकोण दुर्भाग्यपूर्ण हुन सक्छ। तर अनलाइन वाणिज्य—वास्तवमा, सबै वाणिज्य—मा क्रान्ति ल्याउने एकमना प्रतिभाले समय र सन्देशको बारेमा धेरै चिन्ता गरेनन्। उनको निर्णयहरू विचार र गहिरो विश्वासमा आधारित हुन्छन्। उनी दशकहरूमा सोच्छन्, राष्ट्रपति प्रशासनहरूमा होइन।
यो विश्लेषणमा, बेजोसको सबैभन्दा ठूलो गल्ती २०१६ पछिको ट्रम्प–विरोधी उन्मादको हावामा पोस्टलाई धेरै बायाँतिर बहन दिनु थियो। जस्तो कि बेजोसले यो हप्ता स्टाफलाई लेखेको एक ज्ञापनमा सुझाव दिए, उनको विचार खण्डको लागि नयाँ जनादेशले मागा प्राथमिकताहरूलाई होइन बरु उनको आफ्नै सिद्धान्तहरूलाई प्रतिबिम्बित ग¥यो।
“म अमेरिकाको हूँ र अमेरिकाको लागि, र मलाई त्यसमा गर्व छ,“ उनले लेखेका छन् । “हाम्रो देश यहाँसम्म सामान्य भएर आएको होइन। र अमेरिकाको सफलताको ठूलो हिस्सा आर्थिक क्षेत्र र अन्यत्रको स्वतन्त्रताले भएको छ। स्वतन्त्रता नैतिक छ—यसले जबरजस्तीलाई कम गर्छ—र व्यावहारिक छ—यसले रचनात्मकता, आविष्कार र समृद्धिलाई प्रेरित गर्छ।“
सपथ समारोहमा धेरै अर्बपतिहरूको उपस्थितिको कुरा, यो ट्रम्पको स्वागतभन्दा बढी बाइडेनप्रतिको एक घृणा थियो, जसलाई उनीहरूले उनको व्यवसाय–विरोधी बयानबाजीको लागि घृणा गर्न थालेका थिए।
व्यवसायको सर्तमा, पोस्टको समाचार कभरेजको स्वरलाई मधुरो बनाउन र यसको सम्पादकीय पृष्ठहरूको चरित्रलाई तिखार्नाले प्रतिद्वन्द्वी न्यूयोर्क टाइम्सबाट अलग राख्न मद्दत गरेर नयाँ पाठकहरूलाई आकर्षित गर्न सक्छ। बेजोसका समर्थकहरूले सुझाव दिए अनुसार पोस्टलाई परिवर्तनशील युगमा सुहाउँदो बनाउन ताजा गर्नु ट्रम्पको लागि नभई ट्रम्पलाई खुशी पार्न सक्छ। यो हेर्न बाँकी छ।
यसबीचमा, साथीहरू बेजोसका आफ्नै पत्रकारहरूले उनको विरुद्धमा गरेको बेइमानीप्रति चकित छन्। “उनी विजयी नायकको रूपमा आएका थिए, र अहिले जब उनले आफ्नो विचार व्यक्त गरे, सबैजनाले हतियार उठाएका छन्,“ हलिवुड कार्यकारी एरी इमानुएलले भने। “उनले अखबारको स्वामित्व लिएका छन्। उनले निर्णयहरू गर्न पाउँछन्।“
पोस्ट सधैं बेजोसको लागि अनौठो फिट थियो। उनको भनाइमा, उनले शुरूमा प्रकाशन परिवारका उत्तराधिकारी डोनाल्ड ग्राहमको प्रस्तावलाई अस्वीकार गरेका थिए, जसले उनलाई अखबार किन्न आग्रह गरेका थिए। “म अखबार खोजिरहेको थिइनँ। मेरो अखबार किन्ने कुनै मनसाय थिएन,“ बेजोसले २०१८ मा वाशिंगटन इकोनोमिक क्लबमा दिएको कुराकानीमा सम्झिएका थिए ।
तर ग्राहमले उनलाई एक महत्वपूर्ण, यदि संकटमा परेको, अमेरिकी संस्थालाई संरक्षण गर्न र यसलाई डिजिटल युगमा लैजाने योग्यता देखाएर मनाए। बेजोसले २०१३ मा २५० मिलियनमा पोष्ट किने, जब ट्रम्प ह्वाइट हाउसको धारणा अझै पनि भ्रामक जस्तो लाग्थ्यो।
उनलाई पूर्वी तटसँग जोडिएको संस्थाको लागि सिएटलबाट आएको उद्धारकर्ताको रूपमा सम्मान गरियो, गहिरो खल्ती भएको व्यक्ति जसले प्राविधिक चतुरता प्रदान गर्न सक्छ। र उनले लेखिएको कुरामा हस्तक्षेप नगर्ने वाचा गरे। “पोस्टका मूल्यहरू परिवर्तन गर्न आवश्यक छैन,“ बेजोसले पाठकहरूलाई एक नोटमा भनेका थिए “अखबारको कर्तव्य यसका पाठकहरूप्रति रहनेछ न कि यसका मालिकको निजी हितहरूमा।“
उनको राजनीतिको कुरा, ती सजिलै बुझ्न सकिँदैनथे। धेरैले, ब्यारन जस्तै, तिनलाई “व्यावहारिक“—संरक्षक अर्थशास्त्र र उदार तथा स्वतन्त्रवादी सामाजिक मूल्यहरूको मिश्रण—को रूपमा वर्णन गर्छन्।
ओबामा प्रशासनको समयमा, बेजोसले राष्ट्रपति, अन्य उद्यमीहरू र जोन स्टिवर्ट समावेश भएको एक आत्मीय रात्रिभोजमा भाग लिएका थिए, कमेडियनका अनुसार। स्टिवर्टले पछि आफ्नो पोडकास्टमा त्यो रातको सम्झना गरे, कुराकानी कसरी बेजोसको भविष्यको अर्थव्यवस्था धनीहरूलाई सेवा केन्द्रित हुने दृष्टिकोणमा परिणत भयो भनेर वर्णन गरे।
“त्यसैले मैले भने, ’मलाई लाग्छ यो क्रान्तिको लागि एक नुस्खा हो,’“ स्टिवर्टले सम्झिए। त्यसपछि, उनले अघि भने “एक शान्ति छायो र त्यसपछि तपाईं ओबामालाई सोफाको पारिबाट ’म जोनसँग सहमत छु’ भन्दै सुन्नुहुन्छ।“
बेजोसका लागि काम गरेका एक पूर्व कार्यकारीले उल्लेख गरे अनुसार “मैले जेफबाट पाएको एकमात्र राजनीतिक संकेत यो थियो कि उनी मूलतः स्वतन्त्र बजार समर्थक व्यक्ति थिए, जसलाई कर मन पर्दैनथ्यो।“ ती व्यक्ति भन्छन्, “सबै ’वामपन्थी कुरा’ २०१७ पछि आयो र लरेन सान्चेजसँग भेटभएपछि मात्र तीव्र भयो।“ बेजोसले २०२१ मा ओबामा फाउन्डेशनलाई १०० मिलियन दिए, जुन दिवंगत नागरिक अधिकारवादी नेता र डेमोक्रेटिक कंग्रेसम्यान जोन लुइसको सम्मानमा थियो।
यदि बेजोसको राजनीति रहस्य हो भने, उनको व्यक्तिगत परिवर्तन चकित पार्नेगरी तीव्र रूपमा सार्वजनिक भएको छ। उनी एक समय परिवारका व्यक्ति थिए, आफ्नो सस्तो छविमा रमाउँदै—पुरानो ढोका डेस्कको रूपमा प्रयोग गर्दै र पुरानो होन्डा चलाउँदै। यो एक घरेलु ब्रान्ड थियो, जसले अमेजनको मम–एन्ड–पप खुद्रा विक्रेताहरूको तीव्र विनाशलाई अस्वीकार गथ्र्यो।
तर, त्यो परिवर्तन भयो। २०१७ मा सन भ्याली, इडाहोको एलेन एन्ड कम्पनी शिखर सम्मेलनको फोटोमा, मस्कुलर बेजोस—फुलेका हातहरू, सनग्लासले ढाकिएका आँखाहरू—एक वृद्ध अर्बपति भन्दा अर्बपतिको खतरनाक अंगरक्षक जस्तो देखिन्छ। वा सायद जेम्स बन्ड खलनायक। (अमेजनले हालै इयान फ्लेमिङको प्रसिद्ध जासूस शृंखलाको रचनात्मक नियन्त्रण लिने सम्झौता गरेको छ। “अर्को बन्डको रूपमा तपाईं कसलाई छान्नुहुन्छ?“ बेजोसले समाचार घोषणा गर्दै एक्स मा लेखे।)
ट्रम्पको पहिलो कार्यकालमा उनले आफ्नी किताबी पत्नी, म्याकेन्जी स्कट, लाई छोडे र सान्चेज, एक ग्ल्यामरस र साहसिक पूर्व टेलिभिजन पत्रकार, सँग डेटिङ शुरू गरे, जुन या त टेक्निकोलर मध्यम–जीवन संकट हो वा आत्म–साक्षात्कारको विजय । यदि उनीहरू विश्वको सबैभन्दा ठूलो याटमा सयल गर्दैनन् वा स्काइडाइभिङ गर्दैनन् भने, उनीहरू हलिवुडका साथीहरू जस्तै अर्लान्डो ब्लूम र केटी पेरीसँग समय बिताउँछन्। (यो हप्ता मात्र ब्लू ओरिजिन, उनको रकेट कम्पनी, ले घोषणा ग¥यो कि यो वसन्तमा सान्चेज र पेरीलाई अन्तरिक्षमा उडाउनेछ।) बेजोस र उनकी मंगेतरले आफ्नो उत्कृष्ट अर्बपति जीवन पूर्ण सार्वजनिक दृश्यमा बिताइरहेका छन्।
पूर्ण–आकृतिको सान्चेजले ट्रम्पको हालको सपथ समारोहमा एक साहसी बस्टियर लगाएर शो चोरिन् जसले क्यापिटलका मूर्तिहरूलाई पनि लज्जित बनायो। फेसन छनोटको साहसिकता दर्शकहरूमा हराएन। “मलाई लाग्छ मास्टर्स अफ द युनिभर्स सधैं नम्र थिए,“ एक मिडिया सल्लाहकारले भने। “तर अब उनीहरूलाई यो लुकाउनु पर्दैन।“
तर यदि बेजोसको व्यक्तिगत जीवन ट्रम्पको पहिलो कार्यकालमा फस्टाइरहेको थियो भने, उनको व्यवसाय जटिल बन्दै गइरहेको थियो—मुख्य रूपमा पोस्टको कारणले। ट्रम्प पोस्ट तथा यसको रुसी सम्झौता, उनको व्यवसायिक द्वन्द्व र उनले एक पूर्व वयस्क फिल्म अभिनेत्रीलाई गरेको भुक्तानीको विशेष अभियोजकको अनुसन्धानको निरन्तर कभरेजमा डुविरहेका थिए ।
अखबार, र यसका मालिक, ट्रम्पको दिमागमा एक जुनूनी स्थान ओगट्न थाले, र उनले त्यसको बारेमा निरन्तर कुरा गर्थे। उनले सार्वजनिक रूपमा अखबारलाई “अमेजन वाशिंगटन पोस्ट“—एक लबिङ उपकरणको रूपमा उपहास गर्थे जुन बेजोसले कथित रूपमा आफ्नो व्यवसायको फाइदा र छानबिनबाट जोगाउन प्रयोग गर्थे। यो केवल कुराकानी मात्र थिएनः ट्रम्पले एकतर्फी रूपमा हुलाक कार्यालयको ढुवानी दरहरू बढाउन खोजे, जुन कदमले अमेजनको व्यवसायलाई हानि पु¥याउँथ्यो, तर उनलाई यो शक्ति उनमा नभएको जानकारी दिइयो।
“उनले बेजोसलाई एकमात्र कारणले राजनीतिक शत्रुको रूपमा मानेका थिए—र त्यो वाशिंगटन पोस्टको कभरेज थियो,“ ब्यारनले भने।
२०१९ मा, ट्रम्पलाई पार गर्न र प्रतिरोधको वित्तपोषण गर्नुको लागत बेजोसका लागि स्पष्ट रूपमा महँगो प¥यो । अमेजनले प्रतिद्वन्द्वी माइक्रोसफ्टसँग पेन्टागनले जारी गरेको १० अर्बको विशाल क्लाउड–कम्प्युटिङ ठेक्कामा हा¥यो। यो एक आश्चर्यजनक निर्णय थियो किनभने अमेजन वेब सर्भिसेस क्लाउड कम्प्युटिङ उद्योगको अग्रणी थियो र धेरैले यसको प्रस्ताव बलियो भएको ठानेका थिए।
एक मुद्दामा, अमेजनले ट्रम्पलाई राजनीतिक प्रतिशोधको आरोप लगायो। ठेक्का दुई वर्षपछि, उनले कार्यालय छोडेपछि, रद्द गरियो र अन्ततः अमेजन, माइक्रोसफ्ट, ओरेकल र गुगल बीच बाँडियो।
“बेजोसले ती परिस्थितिमा झुकेनन्। उनले आफ्नो अडान लिए। उनले हामीलाई दबाब दिएनन्,“ ब्यारनले सम्झिए, आफ्ना तत्कालीन मालिकको “ईमानदारी र मेरुदण्ड“ को प्रशंसा गर्दै।
यो पटक, बेजोसका लागि जोखिम धेरै ठूलो देखिन्छ। ट्रम्प २.० छिटो, बढी निर्मम र सरकारको शक्ति सञ्चालनमा कुशल छ। अमेजन एन्टिट्रस्टदेखि ठेक्कासम्म धेरै मोर्चाहरूमा कमजोर छ। त्यसपछि ब्लू ओरिजिन छ, बेजोसको बाल्यकालको जुनून।
मस्क जस्तै, बेजोसले बाल्यकालमा ताराहरूमा जाने सपना देखेका थिए। यो उनको हाई स्कूल विदाई सम्बोधनको विषय थियो। अन्तरिक्ष अन्वेषणको नयाँ युगमा, उनी र मस्कले निजी क्षेत्रको ड्राइभ र चपलतासँग अर्बौं डलरका सरकारी ठेक्काहरू जोडिरहेका छन्। मस्कको स्पेसएक्सले नयाँ अन्तरिक्ष दौडमा अग्रणी स्थान लिएको छ। उनको नयाँ सबैभन्दा राम्रो साथी ट्रम्पको अधीनमा, ब्लू ओरिजिन उडान शुरू गर्दै गर्दा सरकारको उदारता र नियामक पक्षपात उनको बाटोमा थप थोपिरिने कल्पना गर्न सजिलो छ।
पोस्टले बेजोस र उनका अन्य महत्वाकांक्षाहरूको लागि सबै टाउको दुखाइ दिइरहँदा, धेरैलाई यो कुरा अनौठो लाग्छ कि उनले यसलाई केवल बेचेका छैनन्। यदि तपाईंको सपना चन्द्रमामा जाने हो भने अखबार ठीक गर्नको लागि किन झन्झट गर्नुहुन्छ ?
टेक युगकी अग्रणी इतिहासकार, पत्रकार कारा स्विशरले बेजोसबाट पोस्टलाई बचाउन अर्बपतिहरूको समूह जम्मा गर्न खोजिरहेकी छन्। “म सबैसँग कुरा गरिरहेकी छु। जस्तै, सबैसँग,“ उनले हालैको आफ्नो पिवट पोडकास्टको एक एपिसोडमा भनिन्। “मलाई थाहा छैन उनले किन यो राखेका छन्। म एक फरक जेफ बेजोसलाई चिन्छु, म भनौं, जसलाई चुनौती मन पर्छ। र यहाँ व्यवहार गरिरहेका जेफ बेजोस मलाई मन परेको जेफ बेजोस होइनन्।“
जब यसले पैसा र ग्राहकहरू गुमाइरहेको छ, अब अखबार बेच्नु, बेजोसको व्यवसाय रेकर्डमा दाग हुनेछ। एक सहयोगीले उल्लेख गरे अनुसार, उनी कहिल्यै चुनौतीपूर्ण समस्याहरूबाट टाढा हिँडेका छैनन्। अखबार कुनै खराब संरक्षकको हातमा जाने जोखिम सधैं रहन्छ।
र त्यसैले, निकट भविष्यको लागि, यस्तो देखिन्छ कि बेजोस र वाशिंगटन पोस्ट एकअर्कासँग अडिएका छन्, प्रत्येकले अर्कोको विरासतलाई खतरामा पार्दैछन्। बेजोसले खुशी दिनहरूमा, २०१८ को त्यो कुराकानीमा भने जस्तैः “मलाई थाहा छ, जब म ९० वर्षको हुनेछु यो एक कुरा हुनेछ जसमा म सबैभन्दा गर्व गर्छु—कि मैले वाशिंगटन पोस्टलाई सम्हाले र उनीहरूलाई एक धेरै कठिन संक्रमणबाट मद्दत गरे।“
द वालस्ट्रिट जर्नलमा प्रकाशित लेखेको भावानुवाद ।
फेब्रुअरी २८, २०२५, द वालस्ट्रिट जर्नल
प्रतिक्रिया दिनुहोस्