ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अर्ब भारतीयसँग खर्च गर्ने पैसा छैन – प्रतिवेदन


एबीसी न्यूज
१७ फाल्गुन २०८१, शनिबार   ४ : ३८   बजे

काठमाडौं १७ फागुन । एक अर्ब भारतीय नागरिकसँग खर्च गर्ने पैसा नभएको एक प्रतिवेदनले देखाएको छ । झन्डै एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा एक अर्ब नागरिकसँग खर्च गर्ने पैसा नभएको भेन्चर क्यापिटल फर्म ब्लूम भेन्चर्सको रिपोर्टलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसबाहेक ‘इमर्जिङ’ वा ‘आकाङ्क्षी’ भन्न सकिने ३० करोड मानिस छन् तर उनीहरू खर्च गर्न तयार छैनन् किनभने उनीहरूले भर्खरै खर्च गर्न थालेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार एशियाको तेस्रो ठूलो अर्थतन्त्रको उपभोक्ता वर्गको क्रयशक्ति जति बढ्दै गएको छ त्यति विस्तार हुन सकेको छैन । यसको मतलब भारतमा धनीहरूको जनसङ्ख्या बढिरहेको छैन तर पहिलेदेखि नै सम्पन्नहरू धनी हुँदै गएका छन् ।

यी सबै मिलेर देशको उपभोक्ता बजारलाई फरक ढङ्गले आकार दिइरहेका छन् । अहिले भारतको बजारमा किफायती अर्थात् सस्तो घरको हिस्सा १८ प्रतिशत छ, पाँच वर्षअघि यो हिस्सा ४० प्रतिशत थियो ।

त्यस्तै ब्रान्डेड वस्तुको बजार हिस्सा बढ्दै गएको छ । केल्डप्ले र एड शीरन जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूको कन्सर्टको टिकक उच्च मूल्यमा बिक्री हुनु यसको उदाहरण भएको प्रतिवेदनमा उल्लेख छ । धनीहरूलाई चाहिने महँगो र उन्नत उत्पादनहरूमा ध्यान केन्द्रित गरेर ब्रान्डहरूले आफ्नो वृद्धि दर बढाइरहेका छन् ।

भारतमा असमानता बढ्दै गइरहेको छ र शीर्ष १० प्रतिशत भारतीयहरूले राष्ट्रिय आयको ५७ दशमलव ७ प्रतिशत ओगटेका छन्, सन् १९९० मा यो हिस्सा ३४ प्रतिशत थियो । राष्ट्रिय आयमा देशको तल्लो आधा जनसङ्ख्याको हिस्सा २२ प्रतिशतबाट १५ प्रतिशतमा झरेको छ ।

भारतको केन्द्रीय बैंकले पनि सहज र असुरक्षित ऋणमा कडाइ गरेको छ । कोभिड–१९ महामारीपछि यस्तो कर्जामा तीव्र वृद्धि देखिएको छ ।

भारतको मध्यम वर्ग उपभोक्ताको मागको मुख्य स्रोत बनेको छ, तर मार्सेलस इन्भेस्टमेन्ट म्यानेजरले सङ्कलन गरेको तथ्याङ्क अनुसार तलब उस्तै रहँदा यो वर्गको अवस्था खस्कँदै गएको छ । भारतमा कर तिर्ने जनसङ्ख्याको ५० प्रतिशतको तलब विगत दशकमा स्थिर रहेको छ । यसको मतलब महँगी जोड्दा उनीहरूको आम्दानी आधा भएको छ ।

कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआई० ले बिस्तारै क्लर्क, सेक्रेटरी र अन्य नियमित कामहरूलाई प्रतिस्थापन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group