ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसममा पूर्ण सुधार, अब तत्काल पानी नपर्ने


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ८ : ०३   बजे

काठमाडौं १८ फागुन । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।

हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।

यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए । वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारीरफलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् ।

ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ ।

स्याउ र ओखरका बिरुवा रोप्न हिमपातका कारण सहज भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो ।

त्यस्तै अहिले चैते धानबाली, वसन्ते मकैजस्ता बालीको पनि तयारी गर्ने बेला हो । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार वर्षा र हिमपातले जमिन भिजेको हुँदा थोरै भए पनि किसानलाई राहत भएको छ । अब जमिन चिसो भएकाले वसन्ते मकै, तरकारी र फलफूलको तयारी गर्न उहाँको सल्लाह छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले यही चिस्यानको सदुपयोग गर्न उहाँको सुझाव छ । पछिसम्म सिँचाइ आवश्यक पर्ने हिमाली क्षेत्रका किसानले हिउँ सङ्कलन गरी राख्न सक्ने केन्द्रका प्राविधिक अधिकृत रिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group