ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा आजदेखि एचपीभी खोप अभियान, डोल्पामा फागुन २२ गतेदेखि शुरू हुने


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   १ : ४४   बजे

काठमाडौं १८ फागुन । मौसम अनुकूल नहुँदा हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा रोकिएको किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ ।

यसअघि हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

मनाङ, मुस्ताङ र हुम्लामा आजदेखि र डोल्पामा यही फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख डा।अभियान गौतमले पछिल्लो तीन दिन मौसम बदली भएर ती जिल्लाका केही ठाउँमा हिमपात भए पनि खोप अभियानलाई प्रभाव नपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले गएको माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाइसकेका छन् ।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको प्रभावकारिता ९५ देखि शतप्रतिशत रहेको भनेर अध्ययनले देखाएको बताउनुभएको छ ।

नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ ।

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu