काठमाडौं । पूर्वमुख्यसचिव विमल कोइरालाले मुलुकमा दुई प्रकारका कार्यकारी रहेको हुँदा कर्मचारी र राजनीतिकदलहरुवीच केहि कुरामा मतभेद हुने गरेको बताए छन् ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै उनले कायकारीको प्रमुख राजनीति कार्यकारी प्रमुख हुने भएकोले दुई कार्यकारी वीच मतभेद हुने गरेको बताएका हुन । उनले राजनीति कार्यकारीले जनतासंग कबुल गरेको कुरा जसरि गर्न खोज्ने र छिटो भई हाल्छ भने मानसिकता र कर्मचारीतन्त्रले ऐन कानुन अनुकुल छ छैन सवै हेर्ने भएकोले कर्मचारीतन्त्रले सहयोग नगरेको भन्ने आरोप लाग्ने गरेको समेत बताए । यता कर्मचारीतन्त्रलाई कार्यकारीले जे पनि गरिदेउ भन्ने मिलेजतिको गरेपनि एउटा कुरा रोकिदा सहयोग नै भएन भन्दै खेदो खन्नेकाम राजनीतिकदलले गर्ने गरेको समेत बताए । पछिल्लो समय राजनीतिक कार्यकारी र कर्मचारीतन्त्रको गुणात्मकह्रास हुदै गएको समेत उनले बताएका छन् । पुर्व मुख्यसचिव कोइरालाले जनताभने दुवै खराव हुने भन्ने आरोप लगाउने गरेको बताए । जनताले लगाएको आरोप ठिक भएको समेत उनि दावी गर्छन ।
प्रतिक्रिया दिनुहोस्