ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए विवाद, घले समितिलाई सघाउन परराष्ट्रले तोक्यो कानुन सहसचिव


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : ०८   बजे

काठमाडौं १८ पागुन । गैरआवासीय नेपाली संघ एनआरएनए को महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले कानुन सहसचिव तोकेको छ।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट आइतबार एनआरएनएको महाधिवेशन सहजीकरणका लागि सहसचिव अरुणा जोशीलाई तोकिएको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सिफारिसबमोजिम जोशीलाई तोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सहसचिव जोशी हाल कानुन मन्त्रालयमा सन्धि, सम्झौता तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख छिन्।

परराष्ट्र मन्त्रालयले जोशीलाई तोकेको जानकारी गराउन सर्वोच्च अदालतको परमादेशबाट ब्युँताइएको उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई पनि दिएको छ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले घलेको नेतृत्वमा पूर्वअध्यक्षहरू रहेको एक विवाद समाधान समिति गठन गरेको थियो। तर, ८१ औँ बैठकले भने सहमति जुटाउन असफल भएको ठहर गरी उक्त समिति भंग गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले गत वर्षको चैत २१ मा जहाँबाट विवाद सुरू भएको हो, त्यहीँबाट समाधान खोज्न भन्दै घले नेतृत्वको समिति ब्युँताइदिएको थियो। सर्वोच्चले अवैध भनेका समितिका पदाधिकारी पनि घले नेतृत्वकै समितिमा रहने गरी परमादेश जारी गरेको थियो।

सर्वोच्चले उक्त फैसलामा कुमार पन्त नेतृत्वको कार्यसमितिभन्दा पछि बनेका समितिलाई अवैध भनेको थियो।

उक्त समितिको सहजीकरणका लागि कानुनको सहसचिव तोकिदिन पनि सर्वोच्चले भनेको थियो। उक्त परमादेश कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ताकिता गरिरहेको छ।

तर, डा बद्री केसी नेतृत्वको हालको कार्यसमितिले भने सर्वोच्च अदालतबाटै आफूले वैधता प्राप्त गरेकाले कुनै बाह्य समितिले हस्तक्षेप गर्न नपाउने तर्क गरिरहेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले २०८१ साउन २२ गते डा केसी नेतृत्वको समितिलाई निर्बाधरूपमा काम गर्न दिनुपर्ने निर्णय सुनाएको थियो। प्रत्येक महाधिवेशन आफैमा सार्वभौम सदस्यहरूको सहभागिता रहने सर्वोच्च निकाय भएकाले कुनै बेलाका कार्यसमिति वा महाधिवेशन अवैध थिए भन्ने आधारमा पछिल्लो महाधिवेशन पनि अवैध हुन नसक्ने ठहर सर्वोच्चको पछिल्लो फैसलामा गरिएको छ। अघिल्ला महाधिवेशन वा कार्यसमितिको अधीनमा पछिल्लो महाधिवेशन नहुने व्याख्या पनि यस फैसलामा गरिएको छ।

सर्वोच्चको यस फैसलापछि डा केसी नेतृत्वको समितिले नै एनआरएनएको कार्यालय आधिकारिकरूपमा सञ्चालन गर्दै आएको छ। यस समितिले आगामी अक्टोबरमा अर्को महाधिवेशनको घोषणा पनि गरिसकेको छ।

केसी नेतृत्वको समितिले एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ ९असोज २५ देखि २८० मा काठमाडौँमा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group