ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले गाजामा सबै मानवीय सहायता रोक्यो


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : २८   बजे

काठमाडौं १८ पागुन । इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण सकिएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ । तर दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् ।

पयालेस्टिनी विद्रोही समूह हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने निर्णय सस्तो जबरजस्ती, युद्ध अपराध र सम्झौतामा स्पष्ट आक्रमण भएको बताएको समाचारसंस्था एपीले जनाएको छ ।

हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको पनि बताएको छ । तर अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टी बिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।

इजरायलले गएराति मुस्लिम रमदान र यहूदी पासओभरको अवधिमा झन्डै चार हप्ताका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो । तर वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो । इजरायलका अनुसार दोस्रो चरणको युद्धविराम बाँकी सबै जीवित बन्धकहरूको रिहाइ र मृतकमध्ये आधाको शव हस्तान्तरणबाट शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group