ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश अघि बढाउन सत्तापक्षकै बीचमा सहमतिको प्रयास गरिने


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : ३४   बजे

काठमाडौं १८ पागुन । अध्यादेश अघि बढाउन सत्तापक्षकै बीचमा सहमतिको प्रयास गरिने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको पार्टीको सचिवालय बैठकमा अध्यादेश अगाडि बढाउने उपायबारे छलफल भएको थियो । छलफलपछि एमाले महासचिव शंकर पोखरेलले अध्यादेश अघि बढाउन सत्तापक्षकै बिचमा सहमतिको प्रयास गरिने बताए ।

अध्यादेश अगाडि बढाउने उपायका सम्बन्धमा पत्रकारले महासचिव पोखरेललाई प्रश्न गरेका थिए । उनले जवाफ दिए, ‘सहज वातावरणमा कसरी अगाडि बढ्नुपर्दछ भन्ने कुराका बारेमा छलफल गर्दछौं । कम्तिमा सत्तापक्षका बीचमा सहमति कायम गरेर अगाडि बढ्ने कोसिस गर्दछौं ।’

सत्तापक्षमा रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेको छ । भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य बाँकी पाँच वटा अध्यादेश समेत अगाडि बढाउन सहयोग नगर्ने जसपा नेपालको सर्त छ ।

सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले समेत भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन नसकिने निर्णय गरेको छ । सत्तापक्षमै रहेको जसपा नेपाल र लोसपाको निर्णयका कारण सरकारले राष्ट्रिय सभामा अध्यादेश अगाडि बढाउन सामान्य बहुमत समेत जुटाउन सकिरहेको छैन ।

यो विषयमा सरकारको नेतृत्वकर्ता दल एमालेको सचिवलाय बैठकमा छलफल भएको छ । छलफलपछि नेताहरूले फेरि पनि अध्यादेश अघि बढाउन सत्तापक्षकैबीचमा सहमतिको प्रयास गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group