ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : ३६   बजे

काठमाडौं १८ पागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने निश्चित भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

मुख्यमन्त्री कँडेलले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर यससम्बन्धी पत्र हस्तान्तरण समेत छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री कँडेलले विशेष सम्बोधनका लागि निम्ता पत्र समेत हस्तान्तरण गरेका हुन् ।

मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले सोही क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले निमन्त्रण गरेको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम २२९ को उपनियम ९२० बमोजिम नेपालको राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सम्बोधन गर्न पाउने व्यवस्था रहेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

‘पाँच शीर्ष पदमा आसीन सम्माननीय व्यक्तित्वहरूले प्रदेश सभामा सम्बोधन गर्न चाहेमा प्रदेश सभामुखज्यूले अनुमति दिन सक्ने नियमावलीमै व्यवस्था गरिएको छ,’ सचिव बुढाथोकीले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्रीको विशेष सम्बोधनका लागि कर्णाली प्रदेश सरकारले भने सभालाई अझै पत्र पठाइ नसकेको सचिव बुढाथोकीले बताए । ‘प्रधानमन्त्रीको विशेष सम्बोधन हुने भएपछि सोही अनुसारको सभा व्यवस्थापनका लागि प्रदेश सरकारले आधिकारिक पत्र सभालाई पठाउँछ,’ उनले भने, ‘त्यो पत्र अझै सभालाई त आएको छैन । एक दुुई दिनमा आउँछ होला ।’

प्रदेश सभाको पहिलो कार्यकालमा तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद लिमिल्सेनाले प्रदेश सभामा विशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu