ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट भूकम्प प्रभावित जिल्लामा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : ३९   बजे

काठमाडौं १८ पागुन । जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भएको छ ।

आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भएर आएका भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको बताएका हुन् ।
२०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ८० करोड निकासा भएको उनले जानकारी दिए ।

जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनको कार्य फागुन महिनाबाट सुरु भैसकेको पनि उनले बताए । फिल्डमा खटिने प्राविधिकहरुको तालिम सम्पन्न भैसकेको बताए ।
पश्चिम नेपाल भूकम्पको पुनर्निर्माणका लागि सहयोग पुर्‍याउन बझाङ, अछाम र जाजरकोटमा फिल्ड अफिस खोल्नका लागि अस्थायी दरवन्दी सिर्जना गरी फागुन महिनाभित्रै फिल्ड अफिस खोलिने उनले प्रतिवद्धता जनाए ।

२०८० साल कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पबाट ठुलो जनधनको क्षती भएको थियो ।

२०७९ कार्तिक २३ गते डोटी, २०८० असोज १६ गते बझाङमा पनि भूकम्प गएको थियो । डोटी भूकम्पको लाभग्राहीसँग सम्झौता सुरु भैसकेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार करिब ५८३ परिवारसँग सम्झौता सम्पन्न भैसकेको छ । सम्झौताको आधारमा रकम निकासाको प्रकृया अगाडी बढेको छ ।

यसबीचमा राहत र पुनस्र्थापनाका कार्यहरु भएका भएपनि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको यथार्थ भएको गृहमन्त्री लेखकले बताए ।

‘म गृह मन्त्रीको रुपमा आईसकेपछि यो प्रक्रियालाई अगाडि बढाउने कार्य प्राथमिकतामा राखी कार्य गरिरहेको छु’ उनले भने ।

अस्थायी आवास सम्बन्धी कार्यविधिमा परिवार संख्याका हकमा आवासको क्षतीको हकमा परिवार संख्यालाई आधार नलिई विपद्का वखत एउटै आवासमा बसोबास गरिआएका जतिसुकै परिवार संख्या भएपनि ती सबैलाई एउटै परिवार मानी एउटा अस्थायी आवास लाभग्राही कायम गराउने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group