ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा गाउँ पसेको बाघले आक्रमण गर्दा ३ जना घाइते


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   १ : ५१   बजे

काठमाडौं १९ फागुन । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको छ। आज बिहान करिब ८ बजेतिर सप्तकोसी नगरपालिका वडा नम्बर( १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो।

बाघले केही व्यक्तिलाई आक्रमण गरेको छ। बिहानै गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको टोली परिचालित भएको छ।

ठूलो संख्यामा रहेको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको डिभिजन वन कार्यालय सप्तरीका सूचना अधिकारी बैजनाथ मण्डलले जानकारी दिए। उनले भने, ‘बिहानै जंगलबाट गाउँमा पसेको बाघलाई नियन्त्रणमा लिने प्रयास अहिले पनि जारी छ।’

शिवालय टोलमा रहेको रिजन गोसाईंको घरमा छिरेर बाघले उनी माथि आक्रमण गरेको छ। त्यहाँबाट बाघलाई नियन्त्रणमा लिन डार्ट गोली हानिएको भए पनि बाघ नियन्त्रणमा आउन सकेन।

त्यहाँबाट निस्किएको बाघले गणेश खत्रीको घरमा पुगेर उनी माथिसमेत आक्रमण गरेको छ। उक्त बाघले लगत्तै स्थानीय कृष्ण विष्टलाई आक्रमण गरेको रक्तमाला सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu