ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूमा उपकुलपति सिफारिसको माग गर्दै प्राध्यापक संघ आन्दोलनमा


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   १ : ५३   बजे

काठमाडौं १९ फागुन । काठमाडौँ विश्व विद्यालय केयूका प्राध्यापकले उपकुलपति सिफारिसको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै केयू प्राध्यापक संघले एक साताको लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

यसअघि तीन दिन भित्र उपकुलपतिको नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो।

संघका अध्यक्ष डा।विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाबका कार्यक्रमसहित आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख छ।

त्यस अवधिभित्र पनि नयाँ उपकुलपति नियुक्त नभए संघ दोस्रो चरणको आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

उपकुलपति छनोट समितिले यही फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो। तर समितिका सदस्यहरूबीच सहमति नहुँदा अझै नाम सिफारिस हुन सकेको छैन।

समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल सदस्य छन्।

सभापति अधिकारी र महासचिव शाक्यले आइतबार जारी गरेको विज्ञप्तिमा पहिलो चरणको आन्दोलनको क्रममा प्रधानमन्त्री, शिक्षामन्त्री, सिनेट, उपकुलपति छनोट समिति लगायतलाई ज्ञापनपत्र बुझाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए दोस्रो चरणको आन्दोनल घोषणा गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group