ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ महानगरका कर्मचारी र शिक्षकको तलब ३ महिनादेखि रोकियो


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ३ : १०   बजे

काठमाडौं १९ फागुन । काठमाण्डौ महानगरपालिकाका ३ हजार ५ सय जनाभन्दा धेरै कर्मचारी र ठूलो सङ्ख्याको शिक्षकको तलब मङ्सिर महिनायता रोकिएको छ । पुस दोस्रो हप्तादेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका कारण तलब–भत्तालगायत ७० करोड रुपैयाँ बराबरको भुक्तानी रोकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको भ्यु टावर को नक्शा स्वीकृतिको विषयमा महानगरपालिकाले अनुसन्धान शुरू गरेपछि सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा बस्नुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले अर्को कार्यकारी अधिकृत नपठाउनुका साथै महानगरका वरिष्ठ अधिकृतलाई आर्थिक अधिकारसमेत नदिँदा समस्या आएको सचिवालयको दाबी छ । यही विषयमा मेयर शाहले शुक्रवार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसकुबमा स्टाटस लेख्नुभएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता भने सङ्घले खटाएका कर्मचारीलाई महानगरले नै बिदामा राखेका कारण अर्को कर्मचारी खटाउन नसकिएको बताउनुहुन्छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन पठाउन महानगरलाई पत्र पठाएको र प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने जनाएको छ । नेपाल सरकारका पूर्वसचिव शङ्कर पाण्डेको नेतृत्वमा रहेको समितिले प्रतिवेदन बुझाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group