ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसिहत सबै मन्त्री फेल, पदमा बस्ने नैतिकता छैन – प्रभु साह


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ५ : ००   बजे

काठमाडौं १९ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन्। साहले सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अर्धवार्षिक रिपोर्ट कार्ड मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै पदमा बस्ने नैतिकता नभएको बताएका हुन्।

‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छरु कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढि मन्त्रीहरू नै फेल भएका छन्, उनले भने, यो फेलियरहरूको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?

प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरूको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन्। प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक पाएका थिए।

साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरे। साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम् प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे।

पूर्वमन्त्री साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए।

‘अहिलेका प्रधानमन्त्री प्रश्न सुन्नै रुचाउनुहुन्न, उहाँका अघि हामी सांसदहरूको प्रश्न त वर्जित छन्, सर्वसाधारण जनताको प्रश्नको त कुनै पहुँच नै हुँदैन। उहाँ संसद्, संविधान र सडक मास्न उद्धत हुनुहुन्छ, उनले भने, संसद् छलेर अध्यादेश शासनको आतंक मच्चाउनुभएको छ, तर आँफैले ल्याएका अध्यादेश अहिले अलपत्र परेका छन्। अध्यादेश पारित गराउने सामान्य बहुमत पनि नभएको कुरा पुष्टि भैसकेको छ, नत्र एक महिना बितिसक्दापनि ती अध्यादेश निर्णयार्थ किन सदनमा पेस हुन सकेनरु म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–तपाईंको दुई तिहाई कता गायब भयो

उनले अहिलेको सरकार ७ बुँदे सहमतिको जगमा बनेको उल्लेख गर्दै ७ महिना व्यतित हुँदा पनि चालु आर्थिक वर्षमा ७ खर्ब पनि राजश्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए।

साहले अध्यादेश पारित गराउनको लागि सरकारले सांसद किनबेच गर्न लागेको गम्भीर कुरा बाहिरिएको भन्दै त्यसमा छानबिनको माग गरे। उनले सत्ता गठबन्धनमा रहेकै दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको सन्दर्भमा सरकारको भूमिकाको आलोचना गरेका हुन्।

उनले नेपालको विदेश सम्बन्ध विस्तारै बिग्रिरहेको पनि टिप्पणी गरे। भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशको लागि फाइदा लिनुपर्नेमा सरकारको अपरिपक्वताको कारण नेपालले लाभ लिन नसकेको उनको भनाइ छ। भारतसँगको सम्वाद टुटेको भन्दै साहले सरकारको आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu