ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयको विरोधपछि रोकियो नागढुंगा सुरुङमार्गको काम


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ७ : ०८   बजे

काठमाडौं १९ फागुन । धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ ।

गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो ।
सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् । उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।

‘स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ । स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेका छन्,’ नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले भने, ‘यता ठेकेदार पक्ष जापानीज कम्पनी भने उक्त कुरा स्वीकार गरिरहेको छैन । हामीले विभागमा पनि जानकारी गराएका छौं तर काम अगाडि बढ्न सकेको छैन ।’
उनले विभागको तर्फबाट स्थानीयलाई छलफलमा बोलाए पनि विभागमा आउन मानेका छैनन् । बरु, उनीहरूले उल्टै घरमै आउन विभागका कर्मचारीलाई भनेका छन् ।

‘अवरोध भनेर ढुंगामुढा गरेका होइनन् तर काम अगाडि नबढाउन ठेकेदारका कर्मचारीलाई भनेपछि उनीहरूले काम रोकेका हुन्,’ पन्थीले भने ।

उनका अनुसार नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । पन्थीका अनुसार अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८६ प्रतिशत हाराहारी देखिन्छ । त्यस्तै, मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । ०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाईओभर बनाइएको छ । गुर्जुधाराको फ्लाईओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group