ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाबाट ५ वटा अध्यादेश स्वीकृत


एबीसी न्यूज
२२ फाल्गुन २०८१, बिहिबार   ९ : ४०   बजे

काठमाडौं २२ फागुन । सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् ।

आजको राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेश भएका ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने’ अध्यादेश स्वीकृत भएका हुन् । यी पाँच वटा अध्यादेश राष्ट्रियसभाको बहुमतले स्वीकृत भएका हुन् ।

बैठकमा अध्यादेश अस्वीकारका प्रस्तावहरू बहुमतले अस्वीकृत भए । विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट देश चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको प्रस्ताव अस्वीकृत भएका हुन् । पाँच वटै अध्यादेश हिजोको प्रतिनिधिसभाबाट स्वीकृत भइसकेका छन् ।

सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते सरकारले यी पाँच र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’ गरी ६ वटा अध्यादेश पेश गरेको थियो । तर सरकार निर्माणमा सघाएका दलबीचमै विवाद भएर राष्ट्रियसभामा बहुमत पुग्ने अवस्था नदेखिएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेन । अरू अध्यादेशहरू दुवै सदनबाट स्वीकृत भएसँगै सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउनेछ । राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो बस्ने भएको छ ।

यसैबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएका अध्यादेश संवैधानिक व्यवस्थाकै आधारमा आएको बताउनुभएको छ । आज राष्ट्रियसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ माथि सदस्यहरूले उठाएका प्रश्नमा जवाफ दिँदै उहाँले अध्यादेशले कानूनी व्यवस्था र राष्ट्रियसभाको नियमावलीलाई उल्लङ्घन नगरेको दाबीसमेत गर्नुभयो ।

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन नरहेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group