ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छः प्रधानमन्त्री ओली


एबीसी न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार   ६ : ४७   बजे

सुर्खेत, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबको शिक्षा प्रतिस्पर्धात्मक र उद्यमशीलता सिर्जना गर्ने खालको नभए मुलुक नै पछि पर्ने बताए ।
‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह समेत गरे । मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।
‘अब पुँजीवाद र समाजवादका बहस गरिरहनु पर्दैन, सबैभन्दा ठूलो मानवतावाद हो’, प्रधानमन्त्री ओलीले भने ।
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्रिम बौद्धिकतायुक्त प्रविधि र सृजनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक अवस्था रहेको बताए ।
‘आज उच्च शिक्षाका लागि देशका कर्णधारहरू विदेशी विश्वविद्यालयमा पुगेको अवस्था छ,’ उनले भने, ‘व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तीलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको छ ।’
शिक्षा केवल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम काम गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।
कर्णालीबारे बोल्दै उनले कर्णालीका मानिसहरू महाभारत युद्धमा लड्न गएको उल्लेख गरे ।
‘यहाँका मान्छेले जहाँ छोयो, त्यही छेड पार्थे । यहाँको सभ्यताको लामो इतिहास छ । आजको हिसाबले पनि कर्णाली तेल खानी भएको प्रदेश हो । जडीबुटीको खानी हो । प्रयोगबारे खोज अनुसन्धान गर्न बाँकी नै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group