ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुःख दिने मन्त्रीकै क्षेत्रबाट चुनाव लडेर गुल्ट्याइदिन कुलमानलाई महावीरको सुझाव


एबीसी न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार   ८ : २३   बजे

काठमाडौं २३ फागुन । देशलाई लोडसेडिङबाट मुक्त गराएको भनी नेपाली नागरिकबाट प्रशंसा पाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वर्तमान सरकारले भने हटाउने प्रयास गरिरहेको छ।

यस क्रममा ऊर्जामन्त्री दीपक खड्काले पटकपटक स्पष्टीकरण मागेका घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा पनि शून्य नम्बर दिएका छन् भने पछिल्लोपटक मन्त्रिपरिषद्‌बाटै बिहीबारदेखि लागू हुने गरी ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन जारी गराएका छन्।

घिसिङप्रति सरकारको यो रवैया देखेर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई समेत रिस उठेको छ।

यसै क्रममा पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आगामी चुनावमा उम्मेदवार बनेर ऊर्जामन्त्री खड्कालाई हराउने आँट गर्न सुझाव दिएका छन्।

साथै उनले कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य नम्बर दिने सचिव र सहचिवको टोलीलाई माइनस ९९ नम्बर दिँदै आक्रोश पोखेका छन्।

‘कुलमान घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले (९९ अर्थात माइनस ९९ नम्बर दिन्छु। त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउँछन् र नेताहरूलाई पंगु बनाउँछन्’, पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि आफूलाई दुस्ख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइदिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।’

गत निर्वाचनमा हालका ऊर्जामन्त्री खड्का संखुवासभाबाट विजयी भएका थिए। कांग्रेसबाट चुनाव लडेका उनले एमाले उम्मेदवार राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले हराएका थिए। खड्काले ३२१५८ मत ल्याउँदा गौतमले २६७१९ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu