ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादी गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित, भोलि पदाधिकारी बैठक


एबीसी न्यूज
२४ फाल्गुन २०८१, शनिबार   ६ : २५   बजे

काठमाडौं २४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ ।

राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
‘आज रौतहटमा अभियान चलिरहेको छ । भोलिदेखि हुने अभियान भने केही दिनका लागि स्थगित भएको छ,’ महासचिव गुरुङले भने, ‘राष्ट्रिय राजनीतिलाई हेरेर केही सरसल्लाह गर्नुपर्ने तथा कार्यक्रमलाई केही परिमार्जन गर्नुपर्ने कारणले तत्काललाई अभियान स्थगित गरिएको हो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्व टोली अनियानअन्तर्गत अहिले रौतहटमा आयोजित कार्यक्रममा सहभागी छन् ।
अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले रौतहटबाट अध्यक्षलगायतको टोली आजै काठमाडौं फर्कने र आइतबार पार्टीको पदाधिकारी बैठक बस्ने जानकारी दिए ।

‘पछिल्लो समय राजवादीहरूका गतिविधि पनि बढेका छन् । होली पनि नजिक आएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि आइसकेको छ । यी सबै विषयमा छलफल गर्न आइतबार पदाधिकारी बैठक बोलाइएको छ । त्यसैले केही दिनलाई अभियान स्थगित भएको हो,’ आचार्यले भने ।

सरकारको गलत रवैयाको कारण पश्चगामी शक्तिहरू सल्बलाउन थालेको निष्कर्षमा माओवादी नेताहरू पुगेका छन् । यसले पदाधिकारी बैठकमा गम्भीर छलफल हुने एक नेताले बताए ।

माओवादी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको निर्णयअनुसार गत १२ फागुनबाट माओवादीले तराई–मधेशकेन्द्रित अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group