ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा र्‍याली


एबीसी न्यूज
२४ फाल्गुन २०८१, शनिबार   ६ : ३९   बजे

काठमाडौं २४ फागुन । एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा प्रदर्शन भएको छ ।

काठमाण्डौको माईतीघर मण्डलामा अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ ९समाजवादी०, नेपाल समाजवादी महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लगायतका सङ्घ संस्थाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले समान कामको समान ज्याला लागू गरौँ, महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध सङ्घर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत म्हिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर नर्क सरह हुने टिप्पणी गर्नुभएको छ ।

काठमाण्डौमा एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनु भयो ।

पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गर्नुभयो । यसलाई हटाउन सरकार लागिरहेको उहाँको भनाइ छ ।

यस्तै मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउनेरनघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताउनुभयो ।

उहाँले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताउनु भयो ।

महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाहगर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय ठाउँमा अझै बालविवाह बढ्दो छ । उहाँले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu