ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती अस्पताल निर्देशकमा तीन जनाको नाम सिफारिस


एबीसी न्यूज
२५ फाल्गुन २०८१, आइतबार   ७ : ५२   बजे

काठमाडौं २५ फागुन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । आवेदन दिएका १० जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा। प्रमोद यादव, दोस्रो नम्बरमा डा। रुद्र मरासिनी र तीन नम्बरमा डा। मोहनचन्द्र रेग्मीको नाम सिफारिस गरिएको छ।
१०औं तहका डा। यादव राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट र जनकपुर अस्पतालको सुपरिटेन्डेन्ट भइसकेका छन् ।

११औं तहमा कार्यरत अर्थोपेडिक्स सर्जन डा। मरासिनीले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक, व्यवस्थापन महाशाखा प्रमुख, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशकको जिम्मेवारी समालेका छन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। रेग्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार थिए ।

मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो । अस्पताल विकास समिति गठन आदेश अनुसार समितिले सिफारिसमा परेका तीनजनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने छ ।

अस्पतालका हालका निर्देशक डा। विधाननिधि पौडेलको कार्यकाल आइतबार ९२५ फागुन०बाट सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu