ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजतन्त्रको पक्षमा कुनै माहोल छैन, काठमाडौँमा हल्ला मात्रै गरेका हुन् – शेरबहादुर देउवा


एबीसी न्यूज
२६ फाल्गुन २०८१, सोमबार   २ : १३   बजे

काठमाडौं २६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको दाबी गरेका छन्।

कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले राजतन्त्रको पक्षमा आइतबार राजधानी काठमाडौँमा राजावादीले हल्ला मात्रै गरेको टिप्पणी गरे।

‘मुलुकमा राजतन्त्रको पक्षमा मैले कुनै माहोल देखेको छैन,’ सभापति देउवाले भने, ‘आइतबार भएको हल्ला मात्रै हो। हल्ला गरेर केही हुँदैन।’ आइतबार काठमाडौँमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई हल्ला भन्दै उनले त्यसको कुनै अर्थ नरहेको बताए।

सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे। उनले यो समीकरण २०८४ सम्मै जाने ठोकुवा गरे।

सभापति देउवाले पार्टीको १५ औं महाधिवेशन समयमै हुने पनि बताए। काग्रेसको प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा आज धनगढी आएका हुन्।

सुदूरपश्चिमको धनगढीमा नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन सुरु भएको छ। केहीबेरअघि सभापति देउवाले सम्मेलनको उद्घाटन गरेका छन्।

सम्मेलनमा सहभागी हुन सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्र बडू पनि धनगढी आएका छन्।

कांग्रेस विधानमा हरेक कार्यसमितिले वर्षमा कम्तीमा एकपटक सम्मेलन गरी विगतको काम कारबाहीको समीक्षा र भविष्यको काम कारबाहीबारे छलफल गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group