ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवस्था बदल्न साथ दिएका नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढ्यो – गगन थापा


एबीसी न्यूज
२६ फाल्गुन २०८१, सोमबार   ६ : ५०   बजे

काठमाडौं २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताएका छन्। कांग्रेस सुदूरपश्चिमको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले लोकतान्त्रिक व्यवस्थाभित्र रहेर जनताको अवस्था सुधार गर्ने बताए।

‘लोकतान्त्रिक व्यस्थाभित्र सबैको विकल्प छ, दलको विकल्प छ, नेताको विकल्प छ, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प नेपालले खोज्दैन,’ उनले भने, ‘यहीँभित्रको राजनीतिक आर्थिक अधिकार प्रयोग गरेर नागरिकले खोजेका आकांक्षा पूरा गर्छौँ।’

महामन्त्री थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको बताए।

‘अहिलेको व्यवस्था कहिल्यै पनि नचाहेकाहरू अहिले रोटी सेक्नेतर्फ लागेका छन्,’ उनले भने, ‘तर, नेपाली कांग्रेस त्यसतर्फ नलागेर आमनागरिकमा देखिएको आक्रोशको आगो निभाउनेतर्फ लाग्नेछ।’

व्यवस्था बदल्न साथ दिएका आमनागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाले बताए।

त्यो अवस्था कांग्रेसको नेतृत्वमा बनेको संविधानकै अधिनमा रहेर बदल्ने उनको दाबी थियो। सरकारमा रहेकाहरू र पार्टीका नेताहरूको गति र मति ठिक भए त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने बताएका छन्।

नागरिकहरूमा अहिले आक्रोश रहेको र त्यसैलाई देखाएर केहीले रोटी सेक्ने काम गरेको उनको भनाइ छ।

‘नागरिकहरूले केबल संशय व्यक्त गरेका हुन्। उनीहरू डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन्। यसका निम्ति नेतृत्व गर्नेहरूको मति ठिक हुनुपर्छ र गति ठिक हुनुपर्छ,’ उनले भने, ‘हामीले सबै जिम्मेवारी पाइसकेका छौं, अब दिनुपर्ने मात्रै छ।’

डेलिभरीको मति र गति ठिक राख्यो भने त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने महामन्त्री थापाले बताए।

‘छेउमा बसेर कसैले घिउ खन्याउन खोजे पनि जसले रोटी सेक्न खोजे पनि त्यो कर्म त्यही तुहिएर जान्छ,’ उनले भने, ‘हामीले जिम्मेवारी पाएका छौं, काम गरेर देखाउनुपर्छ।’

नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने पनि थापाले बताए।

‘अहिले एमालेको नेतृत्वमा सरकार छ,’ उनले भने, ‘केही समयपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ। त्यो अवसरलाई प्रयोग गरेर नागरिकका वाचा पूरा गर्नतर्फ लाग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu