ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन सम्पन्न


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ७ : ३९   बजे

काठमाडौं २७ फागुन । अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नेलगायत १२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन, २०८१ आज सम्पन्न भएको छ।

प्रतिबद्धतापत्रमा कार्यस्थलमा लैङ्गिक संवेदनशीलता कायम गर्दै यौनजन्य हिंसा वा दुर्व्यवहार हुन नदिनेतर्फ विशेष सजगता र उपयुक्त उपायको अवलम्बन गर्ने, शिशु स्याहार केन्द्र र स्तनपान कक्षको व्यवस्था गरी महिलाको सर्वाङ्गिण विकासको अवसर सिर्जना गर्न पहल गर्ने उल्लेख छ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्रको निर्माण गर्न पहलकदमी गर्न जोड दिनुका साथै यौनजन्य दुर्व्यवहारसम्बन्धी नीति बनाउन तथा कार्यान्वयनका लागि अदालतको नियमावली संशोधन गरी तीनै तहका अदालतमा महिला समिति गठनका लागि पहल गर्नेसमेत प्रतिबद्धतापत्रमा जनाइएको छ।

सबै तहका अदालत तथा न्यायिक निकायमा कार्यरत महिला न्यायाधीश, अधिकृत तथा महिलाबीचको विविधतालाई ध्यान दिई व्यावसायिक क्षमता, दक्षता र नेतृत्व विकासका लागि आवश्यक नीति, रणनीति र कार्यक्रमको निर्माणका लागि पहल गर्ने जनाइएको छ। साथै उच्च शिक्षा अध्ययनको अवसर, प्रशिक्षण, राष्ट्रिय एवं अन्तरराष्ट्रिय सम्मेलन तथा गोष्ठीमा सहभागिता तथा वैदेशिक अवलोकन भ्रमणलगायत अनुभव आदान प्रदानसम्बन्धी पर्याप्त अवसरको व्यवस्थापन र समन्वयका लागि पहल गर्ने पनि प्रतिबद्धता जाहेर गरिएको छ।

यस्तै, अदालतका संरचना र पूर्वाधार महिलामैत्री बनाउने, महिला न्यायाधीश तथा कर्मचारीको लागि सुरक्षित आवासको प्रबन्ध गर्ने, सुरक्षा व्यवस्थापनलगायत अनुकूल कार्य वातावरणको निर्माण गरी विभिन्न भौगोलिक अवस्था र कार्यबोझ रहेका अदालतमा महिला न्यायाधीश तथा कर्मचारीको पदस्थापन र सरुवा हुन सक्ने परिस्थिति निर्माण गरी महिलालाई सबै किसिमको अनुभव प्राप्त गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आवश्यक सहयोगका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाइएको छ।

‘महिला अधिकार, समानता र लैङ्गिक न्यायको संरक्षण र प्रवर्द्धनमा न्यायपालिकाले खेल्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय छ। यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेका व्याख्या, प्रतिपादित सिद्धान्त तथा विधिशास्त्रीय दृष्टिकोण मार्गनिर्देशन अनुकरणीय रहेकाले त्यस प्रकारका फैसला वा आदेशका विषयमा सुसूचित हुनका लागि सूचना प्रविधिको माध्यमबाट सामूहिक संयन्त्र निर्माण गर्नुपर्छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ।

सबै तहका महिला न्यायाधीश र सेवा निवृत्त महिला न्यायाधीशले सेवा सुरु गर्दा, माथिल्लो तहमा नियुक्ति हुँदा, उक्त पदमा कार्यरत रहँदाका अनुभव, अवसर र चुनौतीलाई दस्तावेज गरी अभिलेखीकरण गर्ने पनि प्रतिबद्धता जनाइएको छ।

महिला न्यायाधीशको हकहित र आवश्यकतालाई मुखरित गर्न, आपसमा मित्रता कायम राख्दै आफ्ना अनुभव आदानप्रदान गर्न र व्यावसायिक विकासका लागि ऐक्यबद्ध रहन महिला न्यायाधीशको राष्ट्रिय सञ्जालको निर्माण गर्नेसमेत जनाइएको छ। मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय दस्तावेज, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि तथा ‘ब्याङ्लोर प्रिन्सिपल’ मा अन्तर्निहित सिद्धान्त एवं प्रावधान आत्मसात् गर्दै कार्यान्वयनका लागि थप पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।

‘नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई आत्मसात गरी स्वच्छ, निष्पक्ष, शीघ्र, गुणस्तरीय न्यायप्रति हाम्रो साझा प्रतिबद्धता छ’, प्रतिबद्धतापत्रमा भनिएको छ,‘संविधान, कानुन तथा मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय दस्ताबेजको मर्म र भावनाअनुरुप न्यायपालिकामा लैङ्गिक समानताको सुनिश्चितता गर्दै कानुनको शासन र सामाजिक रूपान्तरणका लागि महिलाको सारभूत सहभागिता अपरिहार्य रहेको हुँदा सोको प्रत्याभूतिका लागि सक्रिय पहल गर्नेछौँ।’

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित सम्मेलनमा देशभरका ५० न्यायाधीश र १० जना पूर्वन्यायाधीश गरी ६० जनाको उपस्थिति रहेको थियो। सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज बिहान उद्घाटन गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group