ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरीमा बेहुला–बेहुलीसहित पाँच जना मण्डपबाटै पक्राउ


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   १ : ४८   बजे

काठमाडौं २७ फागुन । सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्त बिहानैदेखि भेला भएका थिए। विवाहको सबै तयारी गरिएको थियो। बेहुला पक्ष जन्तीसहित मन्दिरमा पुगे। जन्ती पुगेपछि बेहुलीलाई बाहिर ल्याइयो।

बेहुली सानी भएको भन्दै चर्चा हुन थाल्यो। कतिपयले कति उमेर रहेछ सोधौँ न भने। बेहुली सानो उमेरको भन्ने अनुमानपछि सबैले मुखामुख गरे। बेहुलीको उमेर नपुगेको हुनसक्ने भन्दै कतिपयले कुरा उठाए। विवाह गर्न पुगेको बेहुला बेहुली पक्ष दुवै विवाह प्रक्रियामा अघि बढ्यो।

उमेर नपुगी किशोरीको विवाह भएको भन्ने बारेमा नगर बाल सञ्जाल इटहरीमार्फत प्रहरीलाई खबर पुग्यो। नगर बाल सञ्जालका प्रतिनिधिसहित प्रहरी विवाह स्थल मन्दिरमा पुग्यो। त्यसपछि प्रहरीले मण्डपबाटै बेहुला बेहुली, उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गर्‍यो।

बालविवाह हुँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट सोमबार दिउँसो विवाहको जग्गेबाटै बेहुला र बेहुली ९किशोरी०, उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu