ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँबाट पेस्तोल र १० राउन्ड गोलिसहित एक जना पक्राउ


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ७ : १७   बजे

काठमाडौ २७ फागसन । काठमाडौँको गोकर्णेश्वरबाट एउटा पेस्तोल र त्यसको गोलीसहित लागुऔषधका कारोबारी पक्राउ परेका छन्। सोमबार राति गोकर्णेश्वर नगरपालिका २ भाडगाउँस्थित मिरा तामाङको घरमा डेरा गरी बस्ने सुदन जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले कोठामा अवैध हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो।

काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको एसपी अपिलराज बोहराले बताए। सुदन जोशीविरुद्ध यसअघि २०६१ भदौ १, २०६८ असार २९ र २०६७ भदौ १३ गते अभद्र व्यवहार कसुरमा तथा २०६८वैशाख २५ गते लागु औषध कसुरमा मुद्दा दर्ता भएको खुलेको छ।

प्रहरी वृत्त कालिमाटीबाट पनि २०७४ चैत ९ गते लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको समेत अभिलेखबाट देखिएको छ।
३३ वर्षीय सुदन काठमाडौँ महानगरपालिका २० घर भई हाल गोकर्णेश्वर नगरपालिका २ भाडगाउँस्थित डेरा गरी बसेका थिए।

प्रहरीले उनको साथबाट एउटा पेस्तोल, २ थान म्यागजिन, केएफ ७।६५ लेखिएको गोली १० राउण्ड र लागुऔषध पोल्यान्ड २५० ग्राम र ट्रामाडोल १० पिस बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group