ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी राजमार्गको सिन्धुली खण्डका लागि बोलपत्र आह्वान


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   १ : २५   बजे

काठमाडौं २८ फागुुन । बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड ९नेपालथोक–बर्खेखोला० को पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यका लागि सडक डिभिजन खाल्टेले आज ठेक्का आह्वान गरेको हो । ठेक्का ३० दिनमा खोलिनेछ ।

क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि चार प्याकेजमा काम थालिएको हो । अब बाँकी तीन वटा प्याकेज काभ्रेतर्फको सडक डिभिजन भक्तपुरले ठेक्का लगाउने छ ।

अर्थमन्त्रालयले यही फागुन पहिलो हप्ता बीपी राजमार्ग पुनर्निर्माणका लागि आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म सडकमा क्षति पुर्‍याएको थियो । त्यसमा झण्डै आठ किलोमिटर सडकको संरचना नै क्षतविक्षत छ ।

सडक विभागले क्षतिग्रस्त राजमार्गको अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पारेको थियो । जसअनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

असोज दोस्रो हप्ता बाढी–पहिरोपछि भत्किएको सडक झण्डै दुई हप्तामा अस्थायी डाइभर्सन गरी खोलिएको थियो । यो सडक जोखिमपूर्ण र यात्रा कष्टकर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group