ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र र संविधानलाई रक्षा गर्न सांसदको आग्रह


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   १ : ४२   बजे

काठमाडौं २८ फागुुन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिए। उनले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गरे।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्न लागेको आरोप लगाए।

सांसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको जनाउँदै सरकार देश र जनताप्रति जवाफदेही हुनुपर्ने बताए।

सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै राजतन्त्र पुनःस्थापना गर्ने दिवासप्न नदेख्न चुनौती दिए।

सांसद हितराज पाण्डेले बाख्रापालक किसानले उचित मूल्य पाउन नसकेको, पशु बीमाको प्रभावकारी कार्यान्वयन, दानाको मूल्य नियन्त्रण, घाँसको उचित प्रबन्ध तथा खसीबाख्राको चोरी पैठारी रोक्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सुहाङ नेम्वाङले पूर्वी पहाडी क्षेत्रका दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढवा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिए। सांसद सुरेन्द्र आचार्यले सुक्खायाममा देशव्यापीरुपमा हुनसक्ने खानेपानीको अभावको अवस्था अन्त्य गरी जनतालाई स्वच्छ पिउने पानीको उचित प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना तत्काल अघि बढाउन सरकारसँग माग गरे। सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको उत्तरतर्फ धावन मार्ग विस्तार गर्न, बड्डीचौर–खम्बागाडे सडकको काम तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गरे।

सांसद सञ्जयप्रसाद गौतमले नेपाल–भारत सीमाका दशगजा क्षेत्रमा बसोबास गर्ने जनताको समस्यमा समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराए। सांसद सूर्यप्रसाद ढकाल र हेमराज राई सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group