ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडान हुने


एबीसी न्यूज
२९ फाल्गुन २०८१, बिहिबार   १ : १२   बजे

काठमाडौं २९ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो चैत ५ गते चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान हुने भएको छ । विमानस्थल उद्घाटन भएको दुई वर्षपछि व्यावसायिक चार्टर्ड उडान हुन लागेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले जानकारी दिनुभयो ।

यसमा विशेषतः चीनको चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले शुरुआती उडानहरूमा सहकार्य गरिरहेको बताउँदै उहाँले नेपालको चाइनिज ओभरसिज एशोसिएशनको पनि संयोजनकारी भूमिका रहेको जानकारी दिनुभयो । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास छ ।

शुरुआती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट शुरू गरेर यसलाई व्यावसायिक उडानमा परिणत गर्न पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेका छन् । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकेमा त्यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने छ ।

उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । दिउँसो १२ बजे एक सय २७ जना पर्यटन व्यवसायी पोखराबाट छेन्दु प्रस्थान गर्नेछन् ।

विमानस्थल सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलो पटक हुन लागेको व्यवसायिक चार्टर्ड उडान महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu