ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १२ जना पक्राउ, ९२ सवारी प्रहरी नियन्त्रणमा


एबीसी न्यूज
२९ फाल्गुन २०८१, बिहिबार   ४ : १६   बजे

काठमाडौं २९ फागुन । काठमाडौँमा होली खेल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा होली खेल्नेक्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज बिहीबार १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन्।
प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोड ३ पुरुष, कोटेश्वरचोकबाट ४ पुरुष, सिंहदरबार पश्चिम गेटबाट २ पुरुष र साँखुमूलपानी क्षेत्रबाट १ पुरुषलाई नियन्त्रणमा पक्राउ परेका हुन्।
त्यस्तै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालटारबाट ३ वटा दुईपाङ्ग्रे सवारी, बालाजुबाट ७ वटा दुई पाङ्ग्रे सवारी, ठमेलबाट ६ वटा दुई पाङ्ग्रे सवारी, सोह्रखुट्टेबाट १ वटा मोटर साइकल, गल्कोपाखाबाट १ वटा मोटरसाइकल, कृष्णपाउरोटीबाट ३ वटा मोटरसाइकल, न्युरोड गेटबाट ८ वटा मोटरसाइकल र एक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ

त्यस्तै फर्पिङचोकबाट ६ वटा मोटरसाइकल, बसपार्कबाट २ मोटरसाइकल र एउटा गाडी, बूढानीलकण्ठ गल्फुटारबाट ४ वटा मोटरसाइकल, कीर्तिपुरबाट २ वटा मोटरसाइकल, महाराजगञ्जबाट ४ वटा मोटरसाइकल, कोटेश्वरबाट ४ वटा मोटरसाइकल, सिंहदरबार पश्चिम गेटबाट २ वटा मोटरसाइकल, साँखु मुलपानी बौद्ध क्षेत्रबाट १० वटा मोटरसाइकल, कलंकी चोकबाट १४ मोटरसाइकल, खसीबजार चोक कलंकीबाट १० मोटरसाइकल, बल्खुचोकबाट २ मोटरसाइकल र त्रिपुरेश्वरचोकबाट १ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यो दिउँसो २ बजेसम्मको तथ्यांक भएको प्रहरीको भनाइ छ।

होलीमा हुनसक्ने अवान्छित क्रियाकलाप नियन्त्रणका लागि भनेर ट्राफिक प्रहरीले काठमाडौँका चोकचोकमा जाँच गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu