ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   ५ : ३३   बजे

काठमाडौं, ६ चैत । “बाँसले जीवन राम्रो बनाउँछ” भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको छ ।
चैत २० गतेसम्म चल्ने तालिमको बुधबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
तालिममा गोदावरी नगरपालिका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू रहेका छन् । वडा नम्बर ४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई तालिममा बढी सहभागी गराइएको छ । विशेष गरी पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप सीप विकास गर्न र व्यवसायिक बनाउनका लागि भन्दै तालिमको आयोजना गरिएको जनाइएको छ ।
सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सुरु भएको तालिमलाई चीनको सिजाङ (तिब्बत)मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् । ग्रीन ब्याम्बो क्रियशनले तालिम संचालनका लागि प्राविधिक सहयोग गरेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरीले यो तालिमलाई अवसरको रूपमा लिएको बताए । महर्जनले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वडा नम्बर ४ का पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएको उल्लेख गर्दै अझ राम्रो सामग्री उत्पादनमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वडामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिम आएकोले ध्यानपूर्वक तालिम अवधिभर सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे । राम्रो उत्पादन गरेर बाँसको सामग्रीको बजारीकरण गर्नेगरी अघि बढ्नुपर्ने उनले बताए ।
आयोजक संस्था सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई व्यवसायिक बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए । उनले बाँसको सामग्रीहरूको बजार नेपालमा मात्रै नभई विदेशमा पनि रहेको उल्लेख गर्दै व्यवसायिक रूपमा दक्ष जनशक्ति बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने बताए । उनले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्नेकुरा तालिममा सिकाइने भन्दै यसबाट नेपाल र चीनका बीचमा सीप आदान–प्रदान पनि हुने उल्लेख गरे ।
अध्यक्ष माले यो कार्यक्रम केही वर्षअघि नै नेपाल ल्याउन चाहेको स्मरण गर्दै अहिले यहाँका कुशल कालिगढहरूले थप उन्नत सीप सिक्ने मौका पाउने विश्वास व्यक्त गरे । उनले यस कार्यक्रमबाट स्थानीय समुदायलाई फाइदा पुग्ने बताउँदै थप भने ‘हामी “प्लास्टिकको विकल्पका रूपमा बाँसको अवधारणालाई प्रवद्र्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्न चाहन्छौं, जसले हाम्रो वातावरणलाई अझ सुन्दर बनाउनेछख । यस तालिमको माध्यमबाट, नेपाली मित्रहरूले चीन र चीनको बाँस संस्कृति अझ राम्रोसँग बुझ्ने अवसर पाउनेछन् ।’
गोदावरी चेम्बरअफ कमर्सका अध्यक्ष राजन महर्जनले सन् २०१५ मा चीनले बाँसबाट गरेको समृद्धि देख्ने अवसर पाएको स्मरण गर्दै यो कार्यक्रम नेपाल र चीनबीच जनस्तर र सांस्कृतिक सम्बन्ध बढाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरे । उनले सबै क्षेत्रको प्रयासले कार्यक्रम सफल बन्ने बताए । त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीले जीविकोपार्जनका लागि मात्र नभई उद्यमी र व्यापारी बन्नेगरी बाँसको सामग्री बनाउने गरी लाग्नुपर्ने बताए ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी समेत सहभागी भएको उद्घाटन कार्यक्रमलाई ग्रीन ब्याम्बो क्रियशन नेपालका संचालक प्रणव प्रधानले स्वागत गरेका थिए ।
बाँसका सामाग्री र फर्निचरमा ख्याति कमाएको चीनको सिचुआन प्रान्तस्थित मेइशान सहरका उद्योगी एवं वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङले प्रशिक्षार्थीहरूलाई लालटिन लगायत बाँसको चोयाबाट बन्ने सामाग्री तयार पार्न सिकाउनेछन् ।
नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दाबढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यवसायिकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू सुरु भएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन समेत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group