ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुगलले जातीय विभेदको मुद्दामा ३ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै क्षतिपूर्ति दिने


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   ६ : ५२   बजे

काठमाडौं ६ चैत । गुगल एउटा जातीय विभेदको मुद्दामा २८ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै क्षतिपूर्ति दिन तयार भएको छ । गुगलले कर्मचारीहरूबीचको जातीय भेदभावसम्बन्धी मुद्दा अन्त्य गर्न यति धेरै क्षतिपूर्ति तिर्न सहमत भएको बीबीसीले जनाएको छ ।

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीले यो मुद्दामा सम्झौता भएको पुष्टि गरे पनि उसले आफूविरुद्धको आरोप भने अस्वीकार गरेको खबरमा उल्लेख छ । यो मुद्दा गुगलका पूर्वकर्मचारी आना क्यान्टुले सन् २०२१ मा दायर गर्नुभएको थियो ।

मुद्दामा हिस्पानिक, ल्याटिनो, नेटिभ अमेरिकन र अन्य पृष्ठभूमिका कर्मचारीहरूले आफ्ना गोरा र एशियाली समकक्षीहरूभन्दा कम तलब र कम पदमा काम शुरू गरेको आरोप लगाइएको थियो । यस्तै आफूहरूलाई कम असवर दिइने पनि मुद्दामा उल्लेख थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार गुगलको तर्फबाट सन् २०१८ फेब्रुअरी १५ र २०२४ डिसेम्बर २१ मा भर्ना गरिएका कम्तीमा ६ हजार ६ सय ३२ जना व्यक्तिविरुद्ध यो मुद्दा दायर गरिएको थियो ।

यस वर्षको शुरूमा गुगल आफ्नो भर्ती नीतिमा ‘डीईआई’ अर्थात् विविधता, समानता र समावेशीकरण कार्यक्रमहरूमा आफ्नो प्रतिबद्धताबाट पछि हट्ने अमेरिकी कम्पनीहरूमा सामेल भएको थियो । डीईआई कार्यक्रमबाट पछि हट्ने कम्पनीहरूमा मेटा, अमेजन, पेप्सी, म्याकडोनाल्ड र वालमार्ट जस्ता ठूला कम्पनीहरू छन् ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका सहयोगीहरूले डीईआई नीतिहरूमाथि लगातार आक्रमण गरिरहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group