ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलिदेखि एसईई शुरू हुँदै, ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी हुने


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   ६ : ५३   बजे

काठमाडौं ६ चैत । माध्यमिक शिक्षा परीक्षा ९एसईई० भोलिदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखस शुरू हुने छ ।

यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष सबैभन्दा धेरै विद्यार्थी काठमाण्डौमा ३९ हजार ६ सय जना र सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।

सरकारले एसईईका लागि २७ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ । परीक्षा आउँदो १९ गतेसम्म चल्ने छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको वर्षदेखि न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।

यसैबीच पछिल्लो समय मेला महोत्सवलगायत स्टेज कार्यक्रममा व्यस्त देखिएका गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर साङ्गीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu