काठमाडौं ६ चैत । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा एकीकृत समाजवादी० मा जान नदिन एमालेले प्रस्ताव गरेको खुलेको बताएका छन्।
राष्ट्रियसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। औपचारिक निर्णय नभए पनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ। उनले अब तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए।
उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए।
‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो। निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो। त्यही बेलामा एमालेबाट प्रस्ताव आयो, उनले भने, त्यो प्रस्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रहेछ। अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौँ।’
जनतामार्फत कम्युनिस्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्